जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने लाई जन्मदिनको शुभकामना व्यक्त गर्दै विगतका सडक संघर्ष र जनअपेक्षा नबिर्सन सचेत गराएका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना दिँदै सांसद शाहीले १८२ सिट र दुई(तिहाइको जनमत केवल सत्ता उपभोगका लागि नभई सुशासन कायम गर्नका लागि भएको स्मरण गराएका हुन् ।
शाहीको सन्देशका मुख्य बिन्दुहरू

साझा एजेन्डा राजनीतिक विचार र पार्टी फरक भए पनि भ्रष्टाचारविरुद्धको अभियानमा दुवैको लडाइँ साझा रहेको उल्लेख ।
जनमतको दायित्व जनताले दिएको १८२ सिट र दुई(तिहाइको बहुमत सत्ताका लागि मात्र नभएर ठूलो विश्वास र आशाको प्रतीक भएको दाबी ।
विगतको स्मरण चितवन, पोखरा र काठमाडौंका सडकमा ज्यान बाजी राखेर भ्रष्टाचार र बेथितिविरुद्ध सँगै लडेको दिन नबिर्सन आग्रह ।
सरकारको कार्यशैलीप्रति असन्तुष्टि सरकार गठन भएको छ महिना बितिसक्दा पनि ठूला भ्रष्टाचारका फाइल नखुलेको, भ्रष्टाचारी तथा अपराधीहरू खुलमखुला घुमिरहेको र नागरिकले सुशासनको अनुभूति गर्न नपाएको टिप्पणी ।
दैनिक समस्या यथावत ग्यास, अस्पताल र राहदानीका लागि नागरिक अझै घण्टौँ लाइन बस्न बाध्य भएको र सुरुङभित्र फसेका नागरिकहरूको उद्धार हुन नसकेकोमा चिन्ता ।
जन्मदिनको अवसरमा सांसद शाहीले सभापति लामिछानेलाई ठूला भ्रष्टाचारका फाइल खोल्न सरकारलाई सही मार्गनिर्देशन गर्न, बेथिति विरुद्ध कठोर कदम चाल्न र सुशासन कायम गर्ने दिशामा सरकारलाई दृढतापूर्वक डोर्याउन अपिल गरेका छन् ।





