जुम्ला । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकारले आगामी भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बिहीबार बसेको बैठकले बाढी दुर्घटनाको १३ औँ दिनको पुण्य तिथिको अवसर पारेर राष्ट्रिय शोक मनाउने र सो दिन देशभरिका सरकारी कार्यालयका साथै विदेश स्थित नेपाली दूतावास एवं नियोगहरूमा राष्ट्रिय ध्वजा आधा झुकाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले बाढी दुर्घटनामा ज्यान गुमाएका नागरिकहरूको सम्मानमा यो निर्णय लिएको हो। यसका साथै मन्त्रिपरिषद् बैठकले भदौ २३ गते ‘जेनजी शहीद दिवस’ का रूपमा देशभरि सार्वजनिक बिदा दिने घोषणा समेत गरेको छ ।





