काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार धादिङ र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै पीडितहरूसँग प्रत्यक्ष भेटघाट गरेका छन् ।

अध्यक्ष ओलीले धादिङको गल्छी र नुवाकोटको बेलकोटगढी पुगेर बाढी-पहिरोले पुर्याएको क्षतिबारे जानकारी लिएका हुन् । सो क्रममा स्थानीय प्रभावितहरूले आफ्ना गुनासो, समस्या र भोग्नु परेका सास्तीबारे ओलीलाई ध्यानाकर्षण गराएका थिए ।
ओलीसँगै अवलोकन टोलीमा पार्टी महासचिव शंकर पोखरेल र सचिव महेश बस्नेत लगायतका शीर्ष नेताहरूको उपस्थिति थियो ।





