नेपालको संविधान (वि.सं. २०७२) मुख्य बुँदागत जानकारी

• घोषणा र पारित मिति
• संविधानसभा दुई-तिहाई बहुमतले पारित: २०७२ भाद्र ३०
• तत्कालीन राष्ट्रपति डा. रामवरण यादवद्वारा घोषणा: २०७२ असोज ३
• नेपाल राजपत्र प्रकाशन मिति: २०७२/०६/०३
• संविधानका आधारभूत तथ्यहरू
• सातौँ लिखित संविधान
• जम्मा ३५ भाग,३०८ धारा,९ अनुसूची
• संक्षिप्त नाम: “नेपालको संविधान” (धारा ३०७)
• भाग ३५: संक्षिप्त नाम, प्रारम्भ र खारेजी
• संविधान जारीको समयमा प्रमुख पदाधिकारी
• राष्ट्रपति: डा. रामवरण यादव
• प्रधानमन्त्री: शुसिल कोइराला
• सभामुख (संविधान प्रमाणित गर्ने): सुबास नेम्वाङ
• मस्यौदा समितिका अध्यक्ष: कृष्णप्रसाद सिटौला
• संविधानसभा महासचिव: मनोहर प्रसाद भट्टराई
• उपसभामुख: ओनसरी घर्ती
• संविधान पारित प्रक्रिया
• संविधानसभा सदस्य संख्या: ५९८
• मतदानमा सहभागिता: पक्षमा ५०७, विपक्षमा २५
• हस्ताक्षर गर्ने सदस्य: ५३७
• संविधान संशोधनहरू (धारा २७४ अनुसार)
• पहिलो संशोधन, २०७२/११/१६
• धारा ४२: सामाजिक न्यायको हक
• धारा ८४ र २८६: निर्वाचन क्षेत्र निर्धारण व्यवस्था परिमार्जन
• दोस्रो संशोधन, २०७७/०३/०४
• अनुसूची ३: नेपालको निशान छापमा परिमार्जन
• मुख्य प्रावधानहरू
• मूल कानून: संविधान बाझिने कानून अमान्य (धारा १)
• सार्वभौमसत्ता: नेपाली जनतामा निहित (भाग १)
• राष्ट्रभाषा (धारा ६) : नेपालमा बोलिने सबै मातृभाषा
• सरकारी कामकाजको भाषा (धारा ७): देवनागरी लिपिमा लेखिने नेपाली
(भाग २) :- नागरिकता सम्बन्धी प्रावधान
• चार प्रकारको नागरिकता व्यवस्था
• वंशजको आधारमा
• अंगीकृत नागरिकता
• गैरआवासीय नेपाली नागरिकता (धारा १४)
• सम्मानार्थ नागरिकता(धारा ११ उपधारा ९)
• बाबुको पहिचान नखुलेको अवस्थामा आमाबाट वंशीय नागरिकता
• बाबु विदेशी भएमा संघीय कानूनअनुसार अंगीकृत नागरिकता
• विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाका सन्तानले नेपालमा बसोबास र विदेशी नागरिकता नलिएमा अंगीकृत नागरिकता
• नेपालमा जन्मेर आमा-बाबु दुवै नेपाली भएमा वंशीय नागरिकता
• नेपालीसँग विवाह गरेकी विदेशी महिलाले चाहेमा अंगीकृत नागरिकता पाउने
• धारा १२: वंशीय आधार तथा लैंगिक पहिचान सहितको नागरिकता ।





