जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–४ ऐरेनीस्थित नन्दप्रसाद न्यौपानेको घरमा अज्ञात समूहले आक्रमण गर्दै तोडफोड र लुटपाट गरेको छ।

दिउसोकै समयमा घरलाई लक्ष्य बनाउँदै आएको समूहले घरभित्रको सामग्री तोडफोड गर्नुका साथै नगद २ लाख ८३ हजार रुपियाँ र सुनचाँदीका गरगहना समेत लुटेको प्रारम्भिक जानकारी प्राप्त भएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी राेहीत रसाइलीले जानकारी दिए ।
उनका अनुसार घटना मध्यराततिर घटेको हो। परिवारका सदस्यहरु घरभित्रै भयभीत अवस्थामा हुँदा अज्ञात समूहले ढोका फुटाउँदै प्रवेश गरी कोठा, कोठामा तोडफोड गर्दै नगद र गरगहना उठाएर फरार भएको पिडित नन्द प्रसाद न्याैपानेले बताए ।
लुटपाटपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।
घटनापछि पीडित नन्दप्रसाद न्यौपानेले प्रहरीमा उजुरी दिएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले घटनाबारे छानबिन सुरु गरेको जनाएको छ।
हालसम्म लुटमा संलग्न समूह पहिचान हुन सकेको छैन तर घटनाको प्रकृतिलाई हेर्दा संगठित अपराधी समूहको संलग्नता रहेको आशंका गरिएको प्रहरीको भनाइ छ ।





