जुम्ला । जुम्लाको गुठिचाैर गाउँपालिका वडा नम्बर ३ मा आज बिहान भालुकाे आक्रमण बाट २ जना घाइते भएका छन् । आइतबार बिहान ६: ३० बजे तिर घाँस काट्न गएकाे बेला नानीपातल भन्ने जंगलमा भालुले आक्रमण गर्दा दुई जना आमा छाेरी घाइते भएका हुन् ।

भालुकाे आक्रमण बाट घाइते हुनेमा गुठिचाैर गाउँपालिका -३ का बिर्ख कामीकि श्रीमती बुङ्ची कामी र उनकी कान्छी छाेरी तिर्सना कामी रहेका छन् ।
दुबै जना लाई उपचारकाे लागि जुम्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याइएको छ । गुुठिचाैरमा हरेक वर्ष घाँस काट्ने समयमा भालुकाे बिगबिगी हुने गरेकाे छ । कहिले बालिनालीमा क्षेति त कहिले नागरिकमा आक्रमण हुने गरेकाे छ ।




