गुठीचौर गाउँपालिका–५ धितामा सोमबार दिउँसो करिब १ः३० बजे ५५ वर्षीय झापु धिताल घाँस काट्ने क्रममा भालुको आक्रमणमा परेकि हुन ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविनबाबु रेग्मीका अनुसार आक्रमण बाट धितालको टाउको र ढाडमा चोट लागेको छ ।

उनलाई उनका छोरा महेश धितालले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला ल्याई उपचारका लागि भर्ना गरेका छन ।
रेग्मीका अनुसार धितालको अवस्था सामान्य रहेको छ र अहिले उपचार भइरहेको छ ।
सोमबार बिहान तातोपानी गाउँपालिका–४ गिडीखोलामा पनि भालुले आक्रमण गरेको छ । उक्त घटनामा १८ वर्षीय दिपेन्द्र न्यौपाने घाइते भएका छन ।
वडाअध्यक्ष अमर बहादुर रोकायाका अनुसार न्यौपाने आफ्नो स्याउ फार्ममा काम गर्दै गर्दा भालुले आक्रमण गरेको हो ।
लगातारका आक्रमणपछि स्थानीयवासीहरूले जंगल आसपासका क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेका छन ।





