जुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले सुपथ मुल्य पसल बाट सात सय क्विन्टल चामल बिक्री गरेकाे छ । गत भदौ ३० गतेदेखि सञ्चालनमा आएको पसलबाट कम्पनीले हालसम्म झन्डै ७ सय क्विन्टल चामल बिक्री गरेकाे हे ।

खाद्य व्यवस्था कार्यालयका सूचना अधिकारी श्रीराम ठाकुरका अनुसार सुपथ मूल्य पसल कात्तिक १० गतेसम्म सञ्चालन हुने जानकारी दिए ।
सिर्जनात्मक योजना उपभोक्ता मैत्री साबित भएको छ । उनले भने, हाम्रो लक्ष्य एक हजार एक सय क्विन्टल चामल बिक्री गर्ने हो, तर सुरुको तीन सातामै ७ सय क्विन्टल नाघिसकेको बताए ।
जिल्लाका गुठिचौर, पातारासी, तातोपानी र चन्दननाथका उपभोक्ताहरू सबैभन्दा बढी सक्रिय रहेको उनकाे भनाइ छ । यस्तै सिंजा, कनकासुन्दरी, तिला र हिमा गाउँपालिकाबाट पनि उल्लेख्य माग आएको सुचना अधिकारी ठाकुरलेजानकारी दिए ।
सूचना अधिकारी ठाकुरका अनुसार पसलमा दैनिक ९० क्विन्टलसम्म चामल बिक्री भइरहेको छ। बजारको तुलनामा सस्तो र गुणस्तरीय चामल पाउने भएकाले उपभोक्ताको आकर्षण बढेको बताए ।
यस वर्ष जुम्लाका लागि ५ हजार क्विन्टल चामल कोटा तोकिएकोमा हालसम्म २ हजार ५ सय क्विन्टल आइपुगेको र बाँकी आउने क्रममा रहेको कार्यालयले जनाएको छ। तिहारसम्म चामल अभाव हुने छैन । सुचना अधिकारी ठाकुरले भने, उपभोक्ताले रूपमा खरिद गर्न सक्ने बताए ।
यस्तै गुठिचाैर -३ कि उपभोक्ता रूपशिला कामीका अनुसार,
यो चामल मसिनो, स्वादिलो र सस्तो भएकाले बजार भन्दा सुपथ मुल्यमा चामल लिन आएकाे बताइन् ।
उनले भनिन् , बजारको महँगो चामल किन्नु भन्दा एताकाे चामल किन्दा पैशाकाे बचत हुने बताइन् । यस्तो पसल वर्षभरी चलेपछि हामी जस्ताे गरिबका लागि राहत हुने थियाे ।
पसलमा बिक्री भइरहेको चामलमा प्रति किलो पाँच रुपैयाँ छुट दिइएको छ भने ५ सय क्विन्टल चामल विपद् व्यवस्थापनका लागि छुट्याइएको छ।
सुपथ मूल्य पसलका दरहरू:
अरुवा मोटा (२५ केजी): रु. १,४२५
एफआर अरुवा मोटा: रु. १,४२५
अरुवा मध्यम: रु. १,५००
एफआर सोना मन्सुली: रु. १,५००
स्टिम जिरा मसिनो: रु. २,१२५
एफआर स्टिम जिरा मसिनो: रु. २,१२५
दँशै तिहारका बेला सस्तो र गुणस्तरीय चामल पाएकोमा जुम्लावासी सन्तुष्ट छन्। स्थानीय उपभोक्ताहरूले भने, “सुपथ मूल्य पसल वर्षभर सञ्चालन भयो भने मात्रै साँच्चै राहतको स्वाद पाइनेछ।”





