जुम्ला । जुम्लामा चलिरहेको गाडीको कोलियामा एक युवक मृत अवस्थामा फेला परेका छन । हिमा गाउँपालिका–१ आर्चायलिहि निवासी २२ वर्षीय गणेश रावत मृत फेला परेको प्रहरीले पुष्टि गरेको छ ।

बुधबार साँझ करिब ८:३० बजे मुगुबाट सुर्खेततर्फ जाँदै गरेको एसएमएल गाडी (क.प्र. ०२००१ख ११८०) को कोलियामा रावतको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
घटनाको जानकारी पाएपछि प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेको र प्रारम्भिक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन बाबू रेग्मीले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ । घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





