जुम्ला । नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा जुम्लाका कार्यवाहक सभापति जगदीश चाैलागाईकाे प्रमुख आतिथ्यमा चन्दननाथ नगरपालिका लाई विपद पुर्व तयारी तथा पुर्व सुचना प्राणी हस्तान्तरण गगिएकाे छ ।

कार्यक्रममा कार्यबाहक सभापति चाैलागाईले नगर प्रमूख राजुसिंह कठायत र उप प्रमुख रामदेवि खड्का लाई विपद् पूर्वतयारी तथा पूर्व सूचनाका लागि पूर्व सूचना प्रणाली साइरन हस्तान्तरण गरेका हुन् ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाको वार्षिक समिक्षा बैठकमा हस्तान्तरण गरिएको हाे । नेपाल रेडक्रस समेसाइटी जुम्लाको आयेजना र चन्दननाथ नगरपालिकाको सहकार्य र स्विस रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सुपर परियोजना अन्तरगत कार्यक्रम अनुसार वार्षिक समीक्षा बैठक सम्पन्न भएको हाे ।
बैठकले सन् २०२५ मा सम्पन्न गतिविधिहरूको उपलब्धि, प्रभावकारिता, चुनौती, सिकाइ र आगामी कार्ययोजनाको समीक्षा गर्दै विपद् व्यवस्थापन र जलवायु उत्थानशीलता सम्बन्धी नीतिगत व्यवस्थामा अझ सुदृढीकरण गर्नुपर्ने निष्कर्ष निकालेको छ।
परियोजनामा हालसम्म नगरपालिकाको ३० प्रतिशत, समुदाय र विद्यालयको ४ प्रतिशत, र नेपाल रेडक्रस सोसाइटीको ६६ प्रतिशत खर्च भएको बताइएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्यले जिल्ला स्तरीय विपद् प्रतिकार्य योजना निर्माणमा रेडक्रसले देखाएको विज्ञताको प्रशंसा गर्दै भने,
विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लामा आवश्यकता अनुसार स्रोत साधन जुटाउन र प्रतिकार्य गर्न सहज भएको बताए ।
उनका अनसार, रेडक्रसको योजनागत सहयोग र नीतिगत कार्य अब जिल्लाका अन्य पालिकाका लागि पनि मार्गदर्शन बन्न सक्ने उनकाे भनाइ छ ।
यस्तै नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा जुम्लाका कार्यबाहक सभापति जगदीश चाैलागाईले बैठकमा उठेका जिज्ञासा र प्राप्त पृष्ठपोषणहरुलाई आत्मासाथ गरी जिल्ला शाखाको बैठक र केन्द्रीय कार्यालयसंग समन्वय गरी कार्यक्रम संचालन गर्ने व्यक्त गरेका छन् ।
कार्यक्रममा नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईले विद्यालयस्तरीय विपद् जोखिम न्यूनीकरणका क्रियाकलाप र स्थानीय पाठ्यक्रम (कक्षा १–५) मा विपद् व्यवस्थापन विषयको समावेशले गुणस्तरीय शिक्षा र सुरक्षित सिकाइ वातावरण निर्माणमा टेवा पुर्याएको बताए । विपदका शिक्षाले गर्दा बिद्यार्थीकाे क्षेमतामा वृद्धि हुने उनकाे भनाइ छ ।
त्यस्तै, नगर राजुसिंह कठायतले कार्यक्रमा उठेका जिज्ञासाहरुको सम्बोधन गर्दै परियोजना नगरपालिकाको नीतिगत व्यवस्था र उत्थानशील नगर निर्माणका लागि अति आवश्यक रहेकाे बताए ।
उनका अनुसार, परियोजनाको निरन्तरताका लागि नगरले गर्नुपर्ने साझेदारी तथा आवश्यक औपचारिकताका लागि तयार रहेको र परियोजना अझै निरन्तर चाल्नुपर्ने कुरामा जोड दिएका छन् ।
यस्तै चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवि खड्काका अनुसार, रेडक्रसले नगरपालिकाको विपद् व्यवस्थापन नीति, योजना र संस्थागत संरचना सुदृढीकरणमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताइन् ।
उनले भनिन् , अबको आवश्यकता विपद् व्यवस्थापन सम्बन्धी नीति, नियम, कार्यविधि र योजना निर्माणलाई संस्थागत बनाउने र तिनको समयसापेक्ष परिमार्जन गर्ने हो । यसका लागि रेडक्रसको प्राविधिक र परामर्शदातृ सहयोग अत्यावश्यक रहेकाे उनकाे भनाई छ ।
नेपाल रेडक्रस साेसाइटी जिल्ला शखम जुम्लाकि परियोजना संयोजक पल्लवी सिँहले प्राप्त सुझाव र पृष्ठपोषणका आधारमा आगामी वर्षका गतिविधि नीतिगत सुदृढीकरण, स्थानीय क्षमतावृद्धि र संस्थागत समन्वयलाई प्राथमिकतामा राखी अघि बढाइने जानकारी दिइन् ।
उनका अनुसार, रेडक्रसले जिल्लामा हुने बिपद व्यवस्थापनका हरेक घटनामा लागि पर्ने बताइन् । उनले भनिन्, जिल्लाका लागि सँधैका लागि रेडक्रस साथमा रहेकाे बताइन् ।





