जुम्ला । “बिपद् पछि खर्च हाेइन,अघिकै तयारीमा लगानि गराैँ” , “उत्थानशीलता नै दिगाे विकासको आधार हाे ” र उत्थानशीलतामा लगानी गराै,विपद् हाेइन् भन्ने नारासहित आज जुम्लामा अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस २०२५ विविध कार्यक्रमका साथ मनाइएको छ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाले विपद् जोखिम घटाउने र समुदायस्तरमा तत्काल प्रतिकार्य क्षमताको विकास गर्न उद्देश्य सहित कार्यक्रम आयोजना गरेको हो ।
रेडक्रसले सञ्चालन गर्दै आएको शहरी पुर्प्रतयारी तथा आपतकालीन प्रतिकार्य प्रवर्द्धन अन्तरगतको सुपर परियोजना अन्तर्गत आज जिल्लामा स्वयंसेवकहरूको त्रैमासिक समीक्षा बैठक र अनुभव साटासाट सत्र आयोजना पनि गरिएको थियाे ।
कार्यक्रममा चन्दननाथ नगरपालिका जुम्लाका नगर प्रमुख राजुसिंह कठायतले विपद् आउनुअघि नै पूर्वतयारी, समुदाय स्तरमा जोखिम मूल्याङ्कन र द्रुत सूचना प्रणाली सुदृढ गर्नुपर्ने बताए ।
उनका अनुसार हाल सुपर परियोजनाले जुम्लामा जोखिम पहिचान, स्वयंसेवक तालिम, र आपतकालीन उद्धार सामग्री तयारीमा जोड दिएको देख्दा खुसि लागेकाे बताए ।
कार्यक्रमको क्रममा रेडक्रस स्वयंसेवक ब्युरोको त्रैमासिक समीक्षा बैठक समेत सम्पन्न गरिएको थियो। बैठकमा पछिल्लो त्रैमासिक अवधिमा गरिएको गतिविधि, विपद् प्रतिकार्यमा देखिएका चुनौती र आगामी योजनाबारे विस्तृत छलफल गरिएको थियो।
यस्तै नेपाल रेडक्रस साेसाइटी केन्द्रीय कार्यालय काठमाडौकि कार्यक्रम संयाेजक पल्लवी सिंहले विपदकाे बेला हामी पहिला सजक रहनुपर्ने बताईन् ।
उनका उनले भनिन् , विपद् आउनुअघि नै पूर्वतयारीमा जोड दिँदा अझ उत्तम हुने बताइन् ।काम गर्दा हामी सबैले कार्य याेजना निर्माण गरि काम गरियाे भने काम गर्न सहज हुने बताइन् ।
जोखिमलाई रोक्न सकिएन भने पनि तयारीका माध्यमबाट क्षति घटाउन सकिने नेपाल रेडक्रस साेसाइटीका केन्द्रीय कार्यालय काठमाडौँका बरिस्ठ लेखा अधिकृत माया नाथ बरालले बताए । उनका अनुसार बिपद् जाेखिम न्यूनीकरणका लागि समुदायको सक्रियता अत्यावश्यक रहने बताए ।
यस्तै बाताबरण उर्जा तथा जल अनुसन्धान केन्द्र बालुवाटार काठमाडौका कार्यकारी निर्देशक डा. रबिन मल्लले बाताबरण सफा राख्ने हे पहिला आफु परिवर्तन हुन जरूरत रहेकाे बताए । उनका अनुसार, सबै भन्दा विपद् हुन नदिनका लागि नागरिक सचेत भए पछि पनि जाेगिन सकिने बताए ।
नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा जुम्लाका कार्यवाहक सभापति जगदीश चाैलागाईले स्वयंसेवकका लागि बिमा देखि नियुक्ति पत्र नगरपालिकाले बनाइदिनु पर्ने बताइन् । स्वयंसेवक भनेकाे समाजका नितान्त सामाजिक सेवा फैलाउने काम रहेकाले हाम्रो साथ रहने बताए ।
नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा जुम्लाकि सुपर परियाेजना अधिकृत इश्वरा सुवेदीले त्रैमासिक छलफलमा उठेका विभिन्न मागहरू सम्बाेधन गर्ने बताइन् । उनका अनुसार, सबै स्वयंसेवक ब्युले गरेका काम अति राम्रा छन् तर पनि नागरिककाे हितमा काम गर्नु पर्ने बताइन् । यस्तै सामाजिक सहजकर्ता करबिर बहादुर चन्दले कार्यक्रमकाे सहजीकरण गरेका थिए ।
कार्यक्रममा सहभागी स्वयंसेवकहरूले भूकम्प, पहिरो, आगलागी, हिमपात लगायत प्राकृतिक विपद् आइपर्दा तत्काल प्रतिकार्यका उपाय र स्थानीय स्रोतसाधनको प्रयोगबारे अनुभव साटासाट गरेका थिए।
त्यस्तै, स्वयंसेवक ब्युरोका सदस्यहरूले पछिल्लो त्रैमासिक अवधिमा गरेका कार्यहरूको प्रस्तुतिकरण गर्दै भूकम्प, आगलागी, पहिरो जस्ता जोखिमहरूको बीचमा कसरी तत्काल प्रतिक्रिया दिन सकिन्छ भन्ने विषयमा व्यावहारिक जानकारी दिएका थिए ।
विपद् आउनु अगावै तयारी होस्, समुदाय बलियो होस् यही अभियानका साथ जुम्लामा अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसले नयाँ ऊर्जा थपेको छ।





