जुम्ला । स्व.दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार २०८२ जुम्लाकि क्रियाशील पत्रकार तथा रेडियो नारी आवाज जुम्लाकि स्टेसन म्यानेजर लक्ष्मी न्याैपाने लाई प्रदान गरिएको छ ।

प्रतिष्ठानले हरेक वर्ष झै वितरण गर्दै आएकाे क्रियाशील पत्रकारिता पुरस्कार याे वर्ष पत्रकार न्याैपानेलाई प्रदान गरेकाे हाे । विगत लामाे समय देखि पत्रकारितामा क्रियाशील न्याैपाने जुम्लामा रहेर जुम्लामा महिलाले संचालन गरेकाे रेडियो र न्युज सराेकार डटकम अनलाइन समेत संचालन समेत गर्दै आइरहेकि छिन् ।
जुम्लामा रहेर विगत लामाे समय देखि क्रियाशील पत्रकारिता गरिरहेकि न्याैपानेलाई `स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार-२०८२’ पत्रकार न्याैपानेलाई प्रदान गरिएको स्व दीप बहादुर स्मृति प्रतिष्ठानका अध्यक्ष शुभाकर विश्वकर्माले बताए ।
उनका अनुसर, १० हजार राशी भएको पुरस्कारको चाैथाे संस्करणबाट पुरस्कृत भएको प्रतिष्ठानका अध्यक्ष विश्वकर्माले बताए । उनले भने, स्व. दीपबहादुर स्मृति प्रतिष्ठान,जुम्लाले जुम्ला र बाँकेमा प्रदान गर्दै आएकाे छ।
प्रतिष्ठानका अध्यक्ष विश्वकर्माले पुरस्कारको स्थापनाले कर्णाली लगायत विकास विकट भूगोलबाट समाचार लेखनमा सक्रिय पत्रकारलाई उत्साहित गर्ने उद्देश्य रहेकाे उल्लेख गरे ।
यस्तै कार्यक्रममा बाेल्लै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैलागाईले याे कार्यले क्रियाशील पत्रकारका लागि थप हाैसला प्रदान गर्ने बताए । उनका अनुसार, याे कार्य हरेक वर्ष संचालन गर्न सुझाव दिए । उनले भने, याे प्रतिष्ठानका लागि गाउँपालिकाकाे तर्फ बाट र आफ्नो व्क्तीगत तर्फबाट सहयाेग रहने बताए ।
उनले भने, अवकाे केही समयमा पनि नेपालगन्जकाे बाँकेमा तेर्स्राे संस्करण वितरण हुने बताए । उनका अनुसार,
यस्तै नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पुर्ण प्रसाद चाैलागाईका अनुसार कतिपय समाजमा आफ्ना जन्म दिने बा- आमालाई सम्मानका नाममा नाटक गर्ने गरेका छन् ।
तर प्रतिष्ठानका अध्यक्ष तथा पत्रकार शुभाकर विश्वकर्माकाे याे कदम देख्दा अत्यान्तै खुसि लागेकाे बताए । उनका अनुसार, याे प्रतिष्ठानकाे काम देखेर अरूले पनि देखासिकि गर्नु पर्ने बताए ।
उनले भने, प्रतिष्ठानकाे स्तरवृद्धिका लागि सानाे सहयाेग भए पनि आफ्नाे व्यक्तिगत सहयाेग स्वरूप रू ५ हजार सहयाेग गर्ने घाेषणा गरे ।





