जुम्ला । नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्यसमिति जुम्लाको छैटौं जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रूपमा नयाँ जिल्ला नेतृत्व चयन गरेको छ ।

छैटौं जिल्ला अधिवेशनले लक्ष्मण बुढा लाई अध्यक्षमा निर्वाचित गरेकाे छ । यसैगरी उपाध्यक्षमा जयलाल बुढा, सीता देवी पाण्डे महिला उपाध्यक्ष, सुरबहादुर हमाल सचिव र खाम्ब रोकाया अर्थसचिवमा चयन भएका छन् ।
सदस्यहरूमा नीम बहादुर रावत, लक्ष्मी प्रसाद हमाल, धनराज ऐडी, मान बहादुर बुढा, मानबहादुर रोकाया, जस रोकाया, दान बहादुर पछाई र केशव सार्की रहेका छन् ।
यस्तै केन्द्रीय प्रतिनिधिका रूपमा मीनराज डाँगी र देवि शर्मा धिताल, तथा प्रदेश प्रतिनिधिका रूपमा धनराज शाही, राम बहादुर शाही र राम बहादुर रोकाया चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल विद्यालय कर्मचारी परिषद् कर्णाली प्रदेश अध्यक्ष देवराज बुढाले नयाँ नेतृत्वलाई बधाई दिँदै विद्यालय कर्मचारीहरू शिक्षा प्रणालीको मेरुदण्ड भएको बताए ।
उनले भने, विद्यालय कर्मचारी बिना शिक्षा क्षेत्रको सुशासन र कार्य संचालन सम्भव छैन, त्यसैले अब नयाँ नेतृत्वले संगठन सुदृढीकरण र कर्मचारी अधिकारका लागि सशक्त रूपमा काम गर्ने बताए ।
यस्तै जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रमेश कुमार शाहीले विद्यालय कर्मचारीहरू शिक्षाको आधारशिला भएको उल्लेख गर्दै भने, विद्यालयका कर्मचारीहरूले विद्यालयको अनुशासन, प्रशासन र निरन्तरतामा महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।
नव–निर्वाचित अध्यक्ष लक्ष्मण बुढाले सबै पदाधिकारी, सदस्य र अतिथिहरूप्रति आभार व्यक्त गर्दै संगठनको एकता, पारदर्शिता र कर्मचारी हकहितका विषयमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
हाम्रो लक्ष्य विद्यालय कर्मचारीको आवाजलाई नीतिगत तहमा पुर्याउने हो । उनले भने, अब हामी संगठनको बलमा विद्यालय प्रणालीमा सकारात्मक परिवर्तन ल्याउनेछौ ।
कार्यक्रममा विभिन्न विद्यालयका कर्मचारी, प्रतिनिधि र स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो । अधिवेशनले आगामी कार्यकालका लागि सशक्त नेतृत्व र साझा ऐक्यबद्धताका साथ अघि बढ्ने संकल्प गरेको छ ।





