जुम्ला । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग, किडाक नेपालको समन्वय र हिमा गाउँपालिका तथा वडा नं. १ को सहजीकरणमा हिमा–१ बड्की स्थित श्री कालिका माध्यमिक विद्यालयका ७५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

कार्यक्रममा विद्यार्थीहरूलाई झोला, कापि, कलम, लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापकका अनुसार, ग्रामीण भेगका विद्यार्थीहरूलाई पढाइमा सहजता ल्याउने र सिकाइमा निरन्तरता कायम राख्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि हिमा गाउँपालिकाका वडा न १ का अध्यक्ष रतन बहादुर शाहीले शिक्षा प्रत्येक बालबालिकाको अधिकार भएको बताउँदै यस्ता सहयोगी कार्यक्रमहरूले विद्यालयमा अध्ययन वातावरण सुधार गर्न सहयोग पुर्याउने उल्लेख गरे ।
किडाक नेपालका प्रतिनिधिले प्लान इन्टरनेशनल नेपालको सहयोगमा जुम्लाका विद्यालयहरूमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने बताए ।
विद्यार्थीहरूले पाएको सामग्रीप्रति खुशी व्यक्त गर्दै अझ उत्साहका साथ पढ्ने प्रतिबद्धता जनाए ।
यस किसिमका कार्यक्रमहरूले दुर्गम क्षेत्रका बालबालिकालाई शैक्षिक पहुँचमा सशक्त बनाउन ठूलो योगदान पुर्याउने विश्वास गरिएको छ ।





