जुम्ला । चन्दननाथ नगरपालिका वडा नं. ५ मा महिलाहरूलाई लक्षित गरी १० दिने स्वीटर, मोजा तथा टोपी बुनाइ तालिम सुरु गरिएको छ ।

चन्दननाथ नगरपालिका वडा नं. ५ को आयोजना तथा सोसेक नेपाल, जुम्लाको सहकार्यमा सञ्चालन भएको उक्त तालिममा वडा भित्रका १० जना महिला सहभागी रहेका छन् ।
तालिमको उद्देश्य महिलाहरूलाई सीपमूलक दक्षता प्रदान गर्दै आत्मनिर्भर बनाउनु रहेको आयोजकले जनाएको छ । तालिम अवधिभर सहभागी महिलाहरूलाई स्वीटर, मोजा तथा टोपी बुनाइ सम्बन्धी व्यवहारिक ज्ञान र सीप प्रदान गरिनेछ ।
वडा कार्यालयले यस्ता सीपमूलक तालिमले महिलाहरूको आय आर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जनाएको छ ।





