जुम्ला । आज माघ ९ गते शुक्रबार, श्री पञ्चमी (सरस्वती पूजा) को पावन अवसरमा जि.एम.डि. मोडन पब्लिक हाई स्कुल द्वारा आयोजना गरिएको सरस्वती पूजा, प्रि–नर्सरी/नर्सरी भर्ना तथा शुभ अक्षरारम्भ कार्यक्रम भव्य एवं सफलता पूर्वक सम्पन्न भएको छ ।

कार्यक्रम अन्तर्गत नानीबाबु हरूलाई विद्या, बुद्धि र सृजनशीलताको देवी सरस्वतीको विधि पूर्वक पूजा गराई शुभ अक्षरारम्भ गराइएको थियो । बालबालिकाको शैक्षिक जीवनको सुरुआत संस्कारयुक्त, अनुशासित र प्रेरणादायी वातावरण बाट गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
विद्यालय प्रशासनले जानकारी गराए अनुसार, माघ महिना भर नयाँ विद्यार्थी भर्नामा विशेष छुटको व्यवस्था गरिएको छ । कुनै कारण वश आजको कार्यक्रममा उपस्थित हुन नसक्नु भएका अभिभावकहरू लाई समेत उक्त सुविधा उपलब्ध गराइने भएकाले आवश्यक जानकारीका लागि विद्यालय सँग सम्पर्क गर्न अनुरोध गरिएको छ ।
जि.एम.डि. मोडन पब्लिक हाई स्कुल गुणस्तरीय शिक्षा, नैतिक मूल्य, अनुशासन तथा बालमैत्री शिक्षण वातावरण मार्फत बालबालिकाको सर्वाङ्गीण विकासमा निरन्तर प्रतिबद्ध रहँदै आएको विद्यालयका सस्थापक पुर्ण बुढ्थापाले जनाएका छन ।






