जुम्ला । नेपाल जनता पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रनिल विक्रम शाहीले शनिबार पत्रकार सम्मेलन मार्फत ३७ बुँदे चुनावी प्रतिज्ञा–पत्र सार्वजनिक गरेका छन् । आफूलाई जेनजी पुस्ताको प्रतिनिधिका रूपमा चिनाउने शाहीले महिला र दलितका मुद्दामा प्राथमिकता दिएका छन् ।

रनिल जिताउ, राष्ट्र जोगाउ भन्ने नारा सहित सार्वजनिक गरिएको प्रतिज्ञा–पत्रमा कृषि, पर्यटन, पूर्वाधार विकास, भाषा–साहित्य संरक्षण र धर्म–संस्कृतिको रक्षा मुख्य प्राथमिकतामा राखिएको छ ।
शाहीले घाेषणा पत्रमा नेपालको संविधान, लाेकतन्त्रकाे अस्तित्व जोगाउन आफ्नो मुख्य भुमिका रहने बताए । यस्तै लोकतन्त्र को रक्षा गर्ने, बौद्धिक सनातन (हिन्दु) राष्ट्र कायम गर्ने, जनयुद्धमा सहिद सेना र माओवादी पक्षका सहिदहरुको बलिदान लाई अमर बनाउन साथै उनीहरुका परिवारको भबिस्य सुनिश्चित गर्न पहल गर्ने उनकाे प्रतिज्ञा रहेकाे छ ।
जेनजीहरूकाे बलिदान लाई अमर बनाउन साथै उनीहरुको परिवार लाई स्थापित गर्न रघाइते जेनजीहरुको भबिस्य सुनिश्चित गर्ने, हाम्रो सास्कृतिक परम्परा, धर्म, सस्कार रितिरिवाज आदि लाई जोगाउने, जिल्लाका १ नगर र ७ गाउँपालिकामा गुणस्तर स्वास्थ सेवा उपलब्ध गराउने, जिल्लाका सबै पालिकामा गुणस्तर र नि-शुल्क शिक्षाको व्यवस्था गर्ने रहेकाे छ ।
यस्तै पोषण भत्ता, छात्रवृत्ति, बेरोजगार भत्ता साथै वृद्ध भत्ताको उचित व्यवस्थापन गर्ने, छोरी पढाउ अभियान आरम्भ गरि छोरीहरुका लागि उच्च शिक्षा नि-शुल्क गर्ने, बजार मुल्य सुलभ र सहज गर्ने, एक घर एक रोजगार कार्यक्रम संचालन गरि बोरोजगारको अन्त्य गर्ने, बिदेश गएका सम्पूर्ण नेपालीहरु लाई नेपाल आउ जागिर खाउ अभियान आरम्भ गरि देशमा स्वागत गर्ने जस्ता निति अगाडि सारिने उनकाे भनाइ छ ।
जातीय बिवेद अन्त्य गर्ने, कृषि क्रान्ति आरम्भ गरि नेपाल सरकार देखि किसानहरु लाई कृषि कार्यको निम्ति कम्तीमा २० लाख बढीमा ५० लाखको अनुदान दिने प्रक्रियाको व्यवस्थापन गर्ने, महिला दमनकारी नीति को अन्त्य गर्ने, जुम्लाका सबै पालिकाका गाउँहरु लाई सडक संजाल सँग जाडी घर आगन अघि सुरक्षित तथा गुणस्तरीय सडक बिस्तार गर्ने, जिल्लाका सबै पालिकाका गाउँ घरमा २४ घण्टा बिजुलीकाे प्रबर्धन गर्ने, एक घर एक धारा कार्यक्रम लागू गरि सफा र स्वास्थ खानेपानीको व्यवस्थापन गर्ने, बौद्ध धर्मावलम्बीहरु लाई राजनीतिमा समान अवसर प्रदान गर्ने रहेका छन् ।
इमानदार अनि जनताका काम सहज र सुलभ गरि सेवा प्रदान गर्न नेपाल सरकारको कर्मचारी लाई पुरस्कृत गर्ने साथै जनता लाई कष्ट दिने कर्मचारी लाई बर्खास्त दिने नीति प्रारम्भ गर्ने जस्ता प्रतिज्ञा–पत्र सार्वजनिक गरिएको छ । जुम्लामा हाल सम्म नेकपा एमाले , नेपाली कांग्रेस, प्रगतीशिल लाेकतान्त्रीक पार्टीले आफ्ना प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् । जुम्लामा एक स्वतन्त्र सहित १० जनाकाे उम्मेदवारी रहेकाे छ ।





