जुम्ला । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामीकारबाहीको दायरामा ल्याइन्छ, उनले भने, आफ्नै परिवारको सदस्य भए पनि छाडिन्न । पाँच वर्ष नेपाली कांग्रेसलाई जिम्मा दिए देशलाई स्वर्णकाल तर्फ अघि बढाउने दाबी गरेका छन्। सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले अब एकले अर्कालाई गाली गर्ने होइन, काम गरेर देखाउने समय आएको बताएका हुन् ।

उनले २०८२ देखि २०८७ सम्मको पाँच वर्ष कांग्रेसलाई दिन आग्रह गर्दै आफूहरू स्पष्ट संकल्प र योजनासहित मैदानमा उत्रिएको बताए। अब परिवर्तनको नारा मात्रै होइन, परिणाम दिने समय हो। पाँच वर्ष कांग्रेसलाई दिनुस्, हामी स्वर्णकाल बनाउनेछौँ,उनले भने ।
थापाले विगतका राजनीतिक घटनाक्रमतर्फ संकेत गर्दै माओवादी द्वन्द्वका बेला जनता मारिँदा विदेशमा नक्कली शरणार्थी बनेर बसेका व्यक्तिहरू अहिले पाँच वर्षमै देशको कायापलट गर्ने दाबी गर्दै हिँड्नु विडम्बना भएको टिप्पणी गरे । उनले नाम नलिइकन केही नेताहरूको आलोचना गर्दै यस्ता ‘चटक’बाट जनता सचेत भइसकेको बताए।
भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्दै थापाले आफ्नो कार्यकालमा एउटा पनि काण्ड नछोड्ने दाबी गरे। यो पाँच वर्षमा एउटा पनि काण्ड छाडिँदैन। जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइन्छ, उनले भने, आफ्नै परिवारको सदस्य भए पनि छाडिन्न ।
उनले देशलाई स्थायित्व, सुशासन र आर्थिक समृद्धितर्फ लैजान कांग्रेससँग अनुभव, योजना र दृढ इच्छाशक्ति रहेको जिकिर गरे। गाली–गलौज र आरोप–प्रत्यारोपको राजनीतिबाट माथि उठेर परिणाममुखी काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै थापाले मतदातासँग विश्वासको मत मागे।
अब परिवर्तन होइन, मौका दिनुस्,भन्दै उनले कांग्रेस नेतृत्वमा देशलाई स्थिरता र विकासको नयाँ चरणमा प्रवेश गराउने विश्वास व्यक्त गरे।





