खश राज्यको केन्द्र सिजा हो । सवा लाख राज्यका राजाको महाराजा भनेर चिनिने गरेको थियो। जुन कुरा गोपेश्वर शिलालेखवाट पनि पुष्टि हुन्छ । जव कुमाउ देखि लद्दाख सम्मका राज्य सिजा राज्यबाट भिन्न हुन गए त्यसपछि डोटी पश्चिम मण्डल अर्थात् छाउनी बन्न गयो । त्यो समय देखि सिजा राज्य भित्र जम्मा ८४ प्रान्तीय राज्य ३६ थर्पु अर्थात किल्ला र १५२ कोट राज्यमा बिभाजन गरिएको थियो भने केन्द्रिय राज्य सिजा नै थियो ।
केन्द्रमा प्रशासक चतुर कोटी राउला हुन्थे । अर्थात चार प्रकारका राउला हुन्थे जो राजाका प्रमुख मन्त्री हुन भने चार थानी पनि हुन्थे जो राजाका सल्लाहकार रहेका हुन्थे । अन्य ३६ थर्पुमा पनि प्रदेशिक चार प्रकारका राउला रहने गरेको पाइएको छ । पछि त्यी राउला रावल हुन गएको भनाइ छ । चार थानीको सहमतिवाट प्रशासनिक व्यवस्था चल्ने गरेको थियो । त्यति मात्र नभएर कोट राज्यमा मष्टा देवताको पनि शासन रहेको पाइएको छ ।
जुन कुरा राजा नागी मल्ल र भागेश्वर देवताको विवादले राजा नागी मल्लले कष्ट झेल्न परेको देखिन्छ अन्तत राजा नागी मल्लले भागेश्वरको सरणमा गइ माफि मागेर राज्य चलाउन परेको थियो भने वाउ्न्नी कोटका राजा नरी वम र मष्टा देवता खापर मष्टाको विचको विवादले खापर मष्टाले वाउन्नी कोट १८ तले दरवार नै उछ्ट्याइउन सफल भएकोले पछि नरी बमले माफि मागेर नौ धार्नीको घण्ट जरिवाना तिर्न परेको पाइन्छ । त्यस्तै गरी त्रिपुरासुन्दरीले गोरखाली सेनालाइ छार्का वाट डोल्पा आउन नदिएर रोकेको र पछि गोरखाली सेनाले दुइ गाँउ वााला त्रिपुरासुन्दरीलाइ दिने र सधा देवीलाइ मान्ने कबुल गरेर दुनै पस्न सफल भएको देखिन्छ ।

सिजाको राजालाइ डोटीको मष्टो तेइडी देवताले मौरीको हुल पठाएर युद्ध गरेका थिए । पछि सिजाका मष्टा र तेडी मष्टा मितको साइनो हुदा संझौता गरेर तेडी मष्टो डोटी फर्केर राजालाइ सुध्रिने मौका दिएको पाइन्छ । यस कुराले के देखिन्छ भने राज्य सञ्चालन गर्न राजा राज्यका मन्त्री अधिकारीले मात्र नभइ मष्टा देवताको पनि भुमिका रहने गरेको पाइन्छ ।
३६ थर्पु मध्ये नरी वमको वाउ्नी कोट र अजयमेरु कोटमा मष्टसको प्रत्यक्ष रूपमा सहभागीता रहेको थियो। जुन पछि खापर मष्टाको कारण १८ तले वाउ्न्नी कोट दरवार भत्कन गएको थियो । अन्य १५२ कोट र कोटमा रहने मन्त्री प्रेशी राउला पनि हुन्थे । राउलामा केन्द्रीय राज्य सिजाका दरवारमा रहने राउला र प्रदेशमा रहने राउला र कोटमा रहने राउला गरि तीन प्रकारका राउला हुने गरेको देखिन्छ भने चतुर कोटी थानी पनि रहने गरेको देखिन्छ।
यी ८४ करद राज्य ३६ थर्पु र कोटवाट दशैको समयमा केन्द्रीय राज्यलाई कर दिनु पर्थ्यो भने सिजाका राजाबाट यी ८४ राज्य १५२ कोटे राजाहरुले दशैको टिका थाप्न सिजा पुग्थे । दशैंको टिका थाप्ने र कर पनि बुझाउने गर्थे । सिजाको राजा श्री ७ ले पुकार्ने सुनको श्रीपेच लगाउने हुनाले सिजा साम्राज्यको राजालाइ सुनाचडी राजा भन्ने गरिएको थियो ।
सिजाको केन्द्रीय राज्यलाइ वाइस पाख्याली र खशिया राज्य पनि भनिएको थियो। वाइस पाख्यालीको अर्थ हो वाइस पाखा भएको राज्य । जुन पछि बाइसे राज्य भनिएको थियो। त्यो राज्य बाइस भएर संख्याको कारणवाट नभइ वाइस पाखाको कारण बाइसे राज्य भनिएको हो ।
सिजा राज्यको तर्फबाट काठमाडौंका राज्यमा वि स १३४४ देखि वि स १३९१ सम्म जम्मा ९ पटक आक्रमण गरिएको थियो । त्यो समयमा सिंजा साम्राज्य अखण्ड थियो। त्यो आक्रमणको क्रममा कान्तिपुर राज्यले वाइस पाख्यालीले आक्रमण गरेको भनी उल्लेख गरेकोव पाइन्छ। यस कुराले पनि स्पष्ट हुन्छ सिजा वाइस पाखाको कारण बाइसे राज्य भनिएको हो । राज्यको संख्याको कारणवाट वाइसे राज्य भनिएको होइन ।
कोट राज्यमा नाम उपलब्ध भएका कोट राज्यहरु ।
८४ राज्यहरूको शिलशिलाबद्ध सूची
कुलान्त, डोटी, बझाङ, छातिकोट, सान्नी तिखाशुल, बान्नीगाड अछाम
दुल्लु, विलासपुर दैलेख, जम्मुकाँध दैलेख, भिउसकोट, जगतिपुर जाजरकोट, त्रिपुराकोट डोल्पा, बार्याकोट जाजरकोट, श्रीकोट मुगु
कोटखोला कालिकोट, अछाम, जालन्धर, गोविषण, खुलालीकोट अछाम
खप्तड अछाम, मानस, श्रीपाल खारी,रारा मुगु, मुस्ताङ, कालिकोट
पाल्पा, भिरकोट, मजाल, ढोर, पैयुँ, पल्लो नुवाकोट, सतहुँ, कास्की
लमजुङ, गुल्मी, अर्घा, खाँचिकोट, मालकोट बागलुङ, गलकोट बागलुङ
इस्माकोट गुल्मी, प्युठान, खुङग्री प्युठान, भिङग्री प्युठान, कुलान्त
प्रत्यन्त, पारकोट, दिगन्त, पावा, पर्वत, सुरक्षेत्र, सल्यान, रुकुम, पल्लो मुसिकोट, बाँफिकोट रुकुम, माल्नेटा सल्यान,सुकौरा दाङ, छिल्लीकोट दाङ, दार्मा सल्यान, चौरजहारी, बाजुरा, मलहर कैलाली,कालागाउँ, अछाम, धुँघरकोट, र्नाकोट अछाम, थलारा बझाङ, तनहुँ, रिसिङ, घिरिङ
राजकोट, जुगाड बाजुरा, खारी मुगु, खशान्त, कुर्मान्चल, शिरा, शीरमयुर
लवलिका, सोरगडी पिथौरागढ, श्रीनगर (हाल भारत), कुण्डलवन कश्मीर, पुषा,कविलाश, स्थानेश्वर, रास्कोट रुपाकोट सिजा
लगायत अन्य कोटहरु रहेका थिए । सिजा राज्यको मातहतमा रहेका यी करद राज्य,थर्पु,र कोटहरु केन्द्र सिजा हो ।





