गुठिचौरमा आ.व २०८१/८२ र चालु आ.व काे हाल सम्म ६५ लाख बढी राजश्व संकलन

जुम्ला । गुठिचाैर गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ र चालु आर्थिक वर्ष २०८२/८३ को जेठ पहिलो साता सम्म गरी कुल ६५ लाख भन्दा बढीराजस्व संकलन गरेको छ ।
गाउँपालिकाले दुई आर्थिक वर्ष गरि हाल सम्म विभिन्न शिर्षकमा गरि ६५ लाख ७४ हजार ७ सय ५९ रूपैयाँ १५ पैशा राजश्व संकलन भएको हाे ।
गाउँपालिकाका राजस्व शाखाका प्रमुख मृगेन्द्र हमालका अनुसार आर्थिक वर्ष २०८१/८२ मा विभिन्न २२ वटा शीर्षक बाट ३२ लाख ८६ हजार १ सय ९० रुपैयाँ राजस्व संकलन भएको बताए ।
उक्त वर्ष शीर्षक विभिन्न शिर्षक बाट सबै बढी अन्य कर बाट १४ लाख ८१ हजार ५ सय १० रूपैयाँ संकलन भएको बताए ।
उनका अनुसार, भूमिकर तथा मालपोत बाट ५ लाख ५७ हजार २ सय ९२ रुपैयाँ, बहाल करबाट २ लाख ५५ हजार ५३ रूपैयाँ, साना सवारीसाधन कर बाट १५ हजार ४ सय, व्यवसायले भुक्तानी गर्ने २८ हजार ६ सय १० रूपैया, कृषि तथा पशुजन्य वस्तुको व्यवसायिक काराेबारमा लाग्ने करबाट ३३ हजार ४ सय ९० रूपैयाँ संकलन भएको प्रमुख हमालले जानकारी दिए ।
यस्तै सिफारिस दस्तुर बाट ६ लाख २७ हजार, व्यक्तिगत घटना दर्ता दस्तुर बाट १ लाख १ हजार २ सय ५० रूपैयाँ गरि ६५ लाख ७४ हजार ७ सय ५९ रूपैयाँ १५ पैशा राजश्व संकलन भएको दुुबाे खबर लाई जानकारी दिए ।
चालू आर्थिक वर्ष २०८२/०८३ काे जेष्ठ ५ गते सम्मकाे विवरण यस्तो छ :
चालू आर्थिक वर्ष २०८२/०८३ काे जेष्ठ ५ गते गाउँपालिकाले ३२ लाख ८८ हजार ५ सय ६९ रूपैयाँ १५ रूपैयाँ राजश्व संकलन भएको छ । चालू आर्थिक वर्ष २०८२/०८३ मा भुमिकर तथा मालपोत १ लाख १७ हजार २ सय १५ रूपैयाँ १५ पैशा संकलन भएको राजश्व प्रमुख हमालले जानकारी दिए ।
यस्तै अन्य कर बाट ७ लाख ४७ हजार ४ सय ६६ रूपैयाँ, अन्य प्रशासनिक सेवा शुल्क बाट १ लाख ३६ हजार, सिफारिस दस्तुर बाट ३ लाख ४० हजार ४ सय ९४ रूपैयाँ, व्यक्तिगत घटना दर्ता दस्तुर बाट १ लाख ६ सय ५० र अन्य राजश्व बाट १४ लाख ६३ हजार २ सय २० गरि जम्मा ३२ लाख ८८ हजार ५ सय ६९ रूपैयाँ १५ पैशा संकलन शाखा प्रमुख हमालले जानकारी दिए ।
यद्यपि केही शीर्षकमा भने राजस्व घटेको प्रमुख हमालले बताए । अन्य कर, वहाल कर, व्यवसाय कर तथा सिफारिस दस्तुरबाट उठ्ने रकम अघिल्लो आर्थिक वर्षको तुलनामा कम भएको तथ्यांकमा उल्लेख छ ।





