मुगु । प्रधानमन्त्री बालेन्द्र शाहका स्वकीय सचिव प्रदीप परियार हेलिकप्टर मार्फत मुगु आएर एक रात बिताउँदै सुर्खेत फर्किएका छन्। तर उनको मुगु आगमनको उद्देश्यबारे भने अहिलेसम्म कुनै स्पष्ट जानकारी सार्वजनिक भएको छैन।

कार्तिक २१ गते साँझ ५ बजे १/५ सदस्यीय टोलीसहित हेलिकप्टर (9N-ALP) मार्फत मुगुस्थित गुल्म हेडक्वार्टरमा अवतरण गरेका परियारले त्यहीँ रात रारामा बिताएका थिए।
भोलिपल्ट आइतबार कार्तिक २२ गते बिहान १० बजेर १६ मिनेटमा उनी हेलिकप्टरमार्फत सुर्खेतका लागि प्रस्थान गरेका हुन्।
रारा जस्तो देशकै चर्चित पर्यटकीय गन्तव्यमा प्रधानमन्त्रीका स्वकीय सचिवको आगमनलाई स्थानीयस्तरमा चासोका साथ हेरिएको छ। तर उनको भ्रमण विशुद्ध पर्यटकीय थियो कि सरकारी कामको सिलसिलामा भएको थियो, अथवा अन्य कुनै विशेष प्रयोजनका लागि मुगु पुगेका थिए भन्ने विषय अझै अनुत्तरित छ।
हेलिकप्टरमा मुगु आगमन, रारामा एक रात बसाइ र भोलिपल्टै सुर्खेत फिर्ती! आखिर प्रधानमन्त्रीका स्वकीय सचिवको यो भ्रमणको उद्देश्य के थियो?
यस विषयमा सम्बन्धित निकायबाट आधिकारिक धारणा सार्वजनिक हुनुपर्ने देखिन्छ।





