जुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाले चाडपर्वलाई मध्येनजर गर्दै जुम्लामा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ। यही भाद्र ३० गतदेखि सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको हो ।

जिल्ला खाद्य व्यवस्था समिती अध्यक्ष तथा जिल्ला समन्वय समिती जुम्लाका प्रमुख गौरिनन्द आचार्यकाे उपस्थितिमा उक्त पसलको सोमबार उद्घाटन गरेका हुन् ।
उक्त पसलबाट ११ सय क्विन्टल चामल र २ सय क्विन्टल चिनि बितरण गरिने खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड जुम्लाका प्रमुख मनोज जोशिले जानकारी दिए ।
उनका अनुसार, ५० किलोग्राम मसिनो चामलको बजार मुल्य करिब ४ हजार ८ सय भएको र सहुलियत पसल बाट ४ हजार २ सय ५० रुपैयाँ मात्र पर्ने भएकोले उपभोक्ताले ६ सय छुट पाउने प्रमुख जोशिको भनाइ छ।
यस्तै चिनी प्रती किलोग्राम १ सय रुपैयाँँमा वितरण गरिने छ।
कार्यालय प्रमुख जाेशिले भने,” खाद्यमा चामल लिन आउदा स्पस्ट परिचय खुल्ने जुनसुकै प्रमाणपत्रको प्रतिलिपीको आधारमा एक जनाले ५० किलोग्राम सम्म मसिनो चामल प्राप्त गर्ने छ ।
त्यस्तै गरि तिला गाउँपालिकाको जुम्लाकोट डिपो र सिंजा गाउँपालिकाको धापा डिपोबाट पनि चामल र चिनी वितरण गरिने कार्यालयले जनाएको छ । सार्वजनिक बिदाको दिन बाहेक भाद्र ३० गते अर्थात आज देखी कार्तिक १० गतेसम्म सो पसल संचालन गरिने कार्यालय प्रमुख जाेशिकाे भनाइ छ।





