जुम्ला । भाद्र २४ गते जेन–जी आन्दोलनका क्रममा तोडफोड भएको नेकपा एमालेकाे कार्यालयमा हँसिया हथौड़ा सूर्य अंकित झण्डा फहराइएकाे छ । २४ गतेकाे आन्दोलनका क्रममा नेकपा एमालेकाे कार्यालयमा ताेडफाेड गरिनुका साथै आगजनी गरिएको थियाे ।

आगजनीमा परेकाे नेकपा एमाले जिल्ला कार्यालय जुम्लामा आज पुनः हँसिया–हथौडा र सूर्यको झण्डा फहरिएको हाे।
आन्दोलनले ध्वस्त बनाएको कार्यालय आज झण्डासँगै नयाँ जाेस र जाँगरका साथ अघि बढेको छ ।
कार्यकर्ताले भने, ” पार्टी जलेर नष्ट भएर के भाे हामी जिवित छाैँ पार्टीलाई माथी उठाउछाै । आन्दोलनका क्रममा ताेडफाेड भएको कार्यालय झण्डा गाडेपछि कार्यालय परिसर उत्साह र एकताले गुञ्जिएको छ।
एक कार्यकर्ताले भावुक हुँदै भने, हाम्रो आस्था, हाम्रो विचार र हाम्रो सान सधैं उचाइमै रहन्छ, यो कहिल्यै झुक्दैन। आक्रमणले धमिलो बनाएको माहाैल झण्डा फहरिएसँगै फेरि जोश, उर्जा र आत्मबलले उज्यालो भएको नेकपा एमालेले जनाएको छ ।





