जुम्ला । हिमा गाउँपालिकामा अनियमितता र स्रोतको मनपरी खर्च भएको आरोप लगाउँदै स्थानीय युवाहरूले सडक आन्दोलनको चेतावनी दिएका छन । गाउँपालिका गठन भएको करिब एक दशक पुगिसक्दा पनि पारदर्शिता र जवाफदेहिताको अभ्यास कमजोर रहेको उनीहरूको गुनासो छ ।

सचेत युवाहरूका अनुसार शिक्षा, रोजगारी, स्वास्थ्य र पूर्वाधारमा लगानी हुनुपर्ने रकम प्राथमिकता विपरीत अन्यत्रै खर्च गरिएको छ। गाउँपालिकाको स्रोत जनताको कर र सरकारी अनुदानबाट उठे पनि “जनताको प्राथमिकता होइन नेतृत्वले मनपरी” ढङ्गले बजेट उपयोग गरिएको आरोप लगाएका छन ।
अत्ति भयो “अब सहन सकिँदैन,” भन्दै युवाहरूले सार्वजनिक विज्ञप्ति जारी गरेका छन । विज्ञप्तिमा भनिएको छ, “पारदर्शिता र जवाफदेहिता विकल्प होइन, जनता र सरकारको दायित्व हो ।”
युवाहरूले सात दिनभित्र माग सम्बोधन गर्न गाउँपालिकालाई अल्टिमेटम दिएका छन् । मागमा भनिएको छ ।
• अनियमितता र स्रोत दुरुपयोगको अन्त्य,
• जनताको करको रकम पारदर्शी रूपमा उपयोग,
• युवा–मैत्री कार्यक्रम ल्याउने प्रतिबद्धता प्रमुख छन् ।
माग सम्बोधन नभए “कठोर आन्दोलन” सुरु गर्ने चेतावनी सहित युवाहरू आन्दोलनको तयारीमा रहेको बताए ।






