जुम्ला । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा जुम्ला उत्सवमय बनेको छ । नेकपा एमाले जिल्ला कमिटीले जिल्ला पार्टी कार्यालयमा दीप प्रज्वलन गर्दै संविधान दिवसलाई विशेष रुपमा मनाएको हो ।

संविधान–२०७२ जारी भएको १० वर्ष पुरा भई ११ औँ वर्ष प्रवेश गरेको अवसरलाई ऐतिहासिक उपलब्धि मान्दै दीप प्रज्वलन गरिएको कमिटीले जनाएको छ ।
दीप प्रज्वलन कार्यक्रममा सहभागी नेता–कार्यकर्ता तथा स्थानीयवासीले संविधानले ल्याएको उपलब्धि र मुलुकलाई स्थायित्व दिनुमा यसको योगदानबारे चर्चा गरेका थिए ।कार्यक्रममा उपस्थित रहेक नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य देविलाल थापाले बर्तमान संविधान नेपाली जनताको ७० बर्षको लामो त्याग र तपस्या बाट प्राप्त भएको हो ।
यो संविधानले जनतालाई सार्बभौमसत्ता सप्पन्न बनाएको छ , आर्थिक समृद्धिको आधार तय गरेको छ , मौलिक हक अधिकार र नागरिक कर्तव्यलाई समेत बन्दोबस्त गरेको छ ।
बर्तमान संविधानले दिएको लोकतान्त्रिक अधिकारको प्रत्याभूति दिनुका साथै नेकपा एमालेको पहलमा समृद्ध नेपाल सुखी नेपालीको संकल्प पूरा गर्न अघि बढिरहेको बखत नेकपा एमाले माथी गरिएको घेराबन्दीले अहिले देशलाई नै बिनासको बाटोमा डोर्याएको छ ।
कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी जुम्लाका कार्यवाहक अध्यक्ष तथा पार्टी उपाध्यक्ष प्रेम बहादुर बुढाले संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको र जनताले आफ्ना अधिकार उपभोग गर्न पाएको उल्लेख गर्दै यसको रक्षा र कार्यान्वयन सबैको जिम्मेवारी रहेको बताए ।
साथै कार्यकर्ता हरुलाई यतिबेला शोकमा डुब्ने , निराशामा बस्ने होइन , हामी फेरि धुलो टकटकाउदै अघि बढ्नुपर्छ । अहिलेको जेन्जी पुस्तालाई समेत बैचारिक सैद्धान्तिक रूपमा स्पष्ट पार्दै नेकपा एमालेले मात्र देशको कायापलट गर्छ भन्ने बिश्वास दिलाउन्छ भन्ने खालको गतिविधि व्यबहारत लागू गर्न कार्यकर्तालाई आह्वान समेत गरेका छन ।
देशमा जस्तो सुकै परिस्थिति आए पनि नेकपा एमाले कहिले पनि पछि नहट्ने बताए । उपाध्यक्ष बुढाले भने, पछिल्लो राजनीतिक अवस्थ हेर्दा एमाले सकियाे भन्ने छ तर एमाले पार्टीले गरेकाे याेगदानले हामीलाई लाग्छ एमालेलाई जनताले भुल्न नसक्ने बताए ।
विदेशमा रहेका नेपालीले पनि आ–आफ्नो स्थानमा सांस्कृतिक कार्यक्रम, शुभकामना आदान–प्रदान र मैनबत्ती बालेर दिवस मनाएका छन् ।
नेपालको संविधान २०७२ जारी भई संघीय लोकतान्त्रिक गणतन्त्रलाई पूर्णता दिएको आज १० वर्ष पूरा भएको छ । जुम्लामा दीप प्रज्वलनमार्फत् मनाइएको यो दिवसले संविधानको महत्व पुनः स्मरण गराउनुका साथै राष्ट्रिय एकता र सहकार्यको सन्देश दिएको छ ।





