१. ‘बालन डी ओर’ अवार्ड २०२५ विजेता खेलाडीको हुन् ?
पुरुषतर्फ : ओस्मान डेम्बेले (फ्रान्सका फरवार्ड)
महिलातर्फ : आइताना बोनमती (स्पेन, लगातार तेस्रो पटक जितेकी)
अन्य विजेता
उत्कृष्ट पुरुष टोली : पिएसजी
उत्कृष्ट प्रशिक्षक : लुइस एनरिके
उत्कृष्ट गोलरक्षक : डोनारुमा

२. नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशकमा कसलाई नियुक्त गरियो ?
• मनोज सिलवाल
विसं २०८२ असोज ५ गतेको मन्त्रीपरिषद् बैठकले सिलवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको ।
३. सरकारले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रमुखमा कसलाई चयन गर्यो ?
• एआइजी मनोज केसी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई चयन गरिएको हो ।
४. जेनजी आन्दोलन (विसं २०८२ भदौ २३–२४) को सन्दर्भमा भएका घटनाको अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग कहिले गठन गरिएको हो ?
• विसं २०८२ असोज ५
असोज ५ मा बसेको मन्त्रीपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा सदस्यहरू पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहेको तीन सदस्यीय समिति बनेको छ ।
५. दुधकोशी–२ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
• ७० मेगावाट
६. लोक सेवा आयोगद्वारा विसं २०८२ असोज ५ गते राष्ट्रपतिसमक्ष पेस गरिएको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन अनुसार स्थायी रोजगारीका लागि सबैभन्दा बढी उम्मेदवार सिफारिस भएको जिल्ला कुन हो ?
• जुम्ला
सिफारिस भएका कुल उम्मेदवार :- २५९२ (पुरुष :- १६९०, महिला :- ९०२)
सबैभन्दा बढी उम्मेदवार सिफारिस हुन सफल पाँच जिल्ला ः जुम्ला (११५), स्याङ्जा (९२), गुल्मी (८०), धनुषा (७२) र काठमाडौँ (७१)
सबैभन्दा बढी दरखास्त पर्ने पाँच जिल्ला ः सर्लाही (१८,४४२), धनुषा (१५,७८४), बारा (१५,७३७), महोत्तरी (१५,४५२) र रौतहट (१४,७५३)
सबैभन्दा न्यून दरखास्त पर्ने पाँच जिल्ला ः मनाङ (१५), मुस्ताङ (५३), रसुवा (३३४), रुकुमपूर्व (७६६) र डोल्पा (१,०१४)
७. सिंहदरबारको निर्माण कसको पालामा भएको हो ?
• चन्द्रशमशेर
८. सन् २०३० सम्म डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधन प्रतिबन्ध गर्ने घोषणा गर्ने राष्ट्र कुन हो ?
• आयरल्यान्ड
९. भैरव पुरस्कार २०८२ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ?
• हास्य व्यङ्ग्यकार कृष्ण प्रधान
पुरस्कार राशि : रु. एक लाख ११ हजार १११
भैरव वाङ्मय पुरस्कार : चित्र कलाकार हरिप्रसाद शर्मा (राशि : रु. एक लाख ११ हजार १११)
भैरव प्रतिभा पुरस्कार : विवश पोखरेल (राशि : रु. ५१ हजार १११)
१०. दर्ता भएका टेडमार्क कति अवधिभित्र प्रयोग नगरे खारेज हुने व्यवस्था रहेको छ ?
• एक वर्षभित्र
११. राष्ट्रिय शिक्षा दिवस कहिले मनाइन्छ ?
• असोज २
आदर्श वाक्य (विसं २०८१–२०८५) : ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता
१२. अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?
• सेप्टेम्बर ८
सन् २०२५ को नारा (५९ औँ) : प्रमोटिङ लिट्रेसी इन द डिजिटल इरा (डिजिटल युगमा साक्षरताको प्रवर्धन)
१३. विसं २०८२ मा प्रदान गरिने पद्मश्री साहित्य पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
• रमेश भुषाल (कृति : छालबाटो)
१४. राहदानी विभागका अनुसार कहिलेसम्ममा सबैको हातमा ई पासपोर्ट पुर्याउने लक्ष्य रहेको छ ?
• सन् २०३०
१५. भर्चुअल मुद्राको सुरुवात कुन देशबाट भएको हो ?
• जापान
१६. नेपाल पत्रकार महासङ्घको पहिलो महिला अध्यक्षमा निर्वाचित हुन सफल सञ्चारकर्मी को हुन् ?
• निर्मला शर्मा
१७. शरणार्थी र आप्रवासीसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन पहिलो पटक कहिले आयोजना गरियो ?
• सन् २०१६ सेप्टेम्बर १९
१८. मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस कहिले मनाइन्छ ?
• भदौ २०
१९. सुशासन पुरस्कार, २०८१ कसलाई प्रदान गरियो ?
• रमेश धमला (कान्तिपुर टिभी)
• नवराज मैनाली (नयाँ पत्रिका)
• टपेन्द्र कार्की (नागरिक दैनिक) र
• सबिता अछामी (नमस्ते खोटाङ डट कम)
२०. नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन् ?
• मोहन कोइराला
२१. सन् २०२५ सेप्टेम्बरमा ‘ग्यालप’ द्वारा सार्वजनिक गरिएको ‘ग्लोबल सेफ्टी प्रतिवेदन’ अनुसार विश्वकै सुरक्षित देश कुन रहेको छ ?
• सिङ्गापुर
२२. मिस युनिभर्स नेपाल २०२५ को बिजयी भइन ?
• सान्या अधिकारी
स्रोत :- गोरखापत्र दैनिक





