जुम्ला । जुम्लामा आज बिहान करिब ९ बजे अटाे रिक्सा दुर्घटना भएको छ । चन्दननाथ नगरपालिका–९ श्रीढुस्कामा बिहान करिब ९ बजे अटो दुर्घटना हुदा एक बालक गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते हुने चन्दननाथ ९ कै ४ वर्षीय बालक देउभाग्या उपाध्याय रहेकाे जिल्ला प्रहरी कार्यालय जुम्ला प्रहरी नायब उपरीक्षक रबिन बाबू रेग्मीले जानकारी दिए ।
घाइते बालक लाई अहिले उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको उपरीक्षक रेग्मीले जानकारी दिए ।
क.प्र.१ ह ५० नम्बरकाे अटाे चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । किन र कसरी अटाे रिक्सा दुर्घटना भयाे भन्ने बारे आवश्यक अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।





