जुम्ला । पातारासी गाउँपालिका–४ लुमकी एक महिलाको घाँस काट्ने क्रममा भिर बाट लडेर मृत्यु भएको छ।

स्थानीय भेडालाइना भन्ने स्थानमा घाँस काट्दै गर्दा सोही वडाकी कालिका नेपाली भीषण भिडबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रबिन बाबू रेग्मीले जानकारी दिए ।
घटनास्थलमै गम्भीर घाइते भएकी उनलाई उद्धार गर्न खोजिए पनि ज्यान बचाउन नसकिएको आफन्तकाे भनाइ छ ।
स्थानीयहरूका अनुसार उक्त ठाउँ निकै भीरालो भएकाले गाउँका महिलाहरू घाँस काट्न जाँदा उच्च जोखिम व्यहोर्नुपर्ने गरेको छ। प्रहरी टोलीले घटनाबारे आवश्यक अनुसन्धान थालेको जनाएको छ।





