जुम्ला । कार्यक्रममा विद्यालयका शिक्षक, प्रधानाध्यापको उपस्थिति रहेको थियो। सहभागी शिक्षकहरूलाई विद्यार्थीमाथि हुने शारीरिक तथा मानसिक सजायका असर, सकारात्मक अनुशासनका उपाय र बालमैत्री शिक्षण वातावरण निर्माणका विषयमा अभिमुखीकरण दिइएको थियो।

सोसेक नेपालका हेल्पलाईन अपरेटर / मनाेविमर्श कर्ता सरिता खड्का काअनुसार विद्यालयमा हुने शारीरिक सजायले विद्यार्थीको आत्मविश्वास र सिकाइमा नकारात्मक असर पार्ने आएकी छन्।। उनले भनिन् शिक्षकले प्रेम, सहयोग र सहानुभूतिपूर्ण व्यवहार अपनाए मात्र विद्यार्थी सिकाइमा प्रभावकारी रूपमा अघि बढ्छ।”
चन्दननाथ नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकप महत ले यस्तो भने यस्तो कार्यक्रमले शिक्षकहरूमा सकारात्मक सोच विकास हुने विश्वास व्यक्त गरे। उनका शब्दमा यसले हामी शिक्षकहरूलाई अनुशासन कायम राख्ने वैकल्पिक तरिकाहरू सिक्न प्रेरणा दिएको छ
त्यसैगरी सहभागी शिक्षिका रत्ना कार्की ले भनिन्, “पहिले विद्यार्थीलाई नियन्त्रण गर्न सजाय नै एकमात्र उपाय हो भन्ने सोच थियो, तर अब हामी संवाद र व्यवहार परिवर्तनको बाटो रोज्नेछौं भनिन्।
कार्यक्रमको अन्त्यमा सहभागी शिक्षकहरूले शारीरिक सजायविरहित शिक्षण अभ्यासलाई विद्यालय संस्कृतिको रूपमा अंगिकार गर्ने प्रतिज्ञा गरेका छन्





