जुम्ला । जुम्लामा नयाँ सरूवा भएर आएका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जिल्लाको शान्ति सुरक्षा मात्र होइन, सरकारी सेवा प्रवाहलाई पनि छिटो, छरितो र सरल बनाउन तत्काल पहल थालिने बताएका छन् ।

४७ औँ सिडिओका रूपमा जुम्लामा मंसिर १ गते बाट कार्यभार सम्हाले पछि पत्रकारहरूसँग गरिएको पहिलो भेटमा उनले यस्ताे बताएका हुन् ।
एकै कामका लागि धेरै दिन धाउनुपर्ने समस्या अब अन्त्य हुने भनेर स्पष्ट जवाफ पारे । प्रजिअ पौडेलका अनुसार प्रशासन बाट प्रदान गरिने नागरिकता, राष्ट्रिय परिचयपत्र, विभिन्न सिफारिसजस्ता सर्वसाधारणका सेवालाई एकै दिनमा पाउने लक्ष्यसहित सुधारकर्मी अघि बढाइने बताए ।
२८ वर्षे निजामति अनुभव बोकेर स्याङ्जा बाट जुम्ला आएका पौडेल लामो समय गृह मन्त्रालयमा कार्यरत रहेकाले सुशासन र प्रशासनिक सुधारमा अनुभवी मानिने जुम्ला बासिकाे अपेक्षा रहेकाे छ ।
उनले जिल्लामा शान्ति सुरक्षा, विकास–निर्माण, सुशासन र अमन चैनलाई केन्द्रमा राखेर सूक्ष्म काम गर्ने प्रतिबद्धता जनाउँदै राजनीतिक दल, नागरिक समाज, पत्रकार र स्थानीय अगुवासँग निरन्तर समन्वयमा अघि बढ्ने बताए ।
जुम्लाको समृद्धिका लागि सबैको सुझाव र सहकार्य अपरिहार्य छ । प्रजिअ पौडेलले भने, प्रशासनले लागु औषध दुर्व्यसन नियन्त्रण, हिमपात जोखिमकाे पूर्वतयारी, सेवा प्रक्रिया बुझाउने जनचेतनामूलक कार्यक्रम गाउँगाउँमा विस्तार गर्ने तयारी समेत गरिएको उनले जानकारी दिए । गुनासो सुनुवाइ संयन्त्रलाई प्रभावकारी बनाइ जनताले प्रशासन सँगको दूरी न्युन बनाउने उनको लक्ष्य छ।





