जुम्ला । तातोपानी गाउँपालिकाको धौलापानी नजिक आज दिउँसो अटो दुर्घटना हुदा तीनजना घाइते भएका छन् । सदरमुकाम खलंगाबाट तातोपानी तर्फ जाँदै गरेको क १ ह १०० नम्बरको अटो दुर्घटना हुदा तीन जना घाइते भएका हुन् ।

आज दिउसो करिव १२:०६ बजे अचानक अटाे अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । अटाे दुर्घटनामा घाइते हुनेमा अटो चालक तातोपानी–६ का नरेन्द्र विष्ट,
तातोपानी –४ का कर्णप्रसाद उपाध्याय र तातोपानी -२ कि अनिता नेपाली रहेका छन् । नरेन्द्रकाे सामान्य टाउकोमा चोट लागेर घाइते भएका छन् भने कर्णप्रसादकाे शरीरका विभिन्न भागमा सामान्य चोट लागेकाे प्रहरीले जनाएको छ ।
यस्तै तातोपानी–२ की अनिता नेपालीको भने छातीमा चोट लागेर अवस्था अन्य दुईभन्दा केही गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक लाेकेन्द्र अधिकारीले जानकारी दिए ।
घाइतेहरूलाई दिउँसो १२:३० बजेतिर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको र अहिले उपचार जारी रहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।
दैनिक यातायात चाप बढिरहेको यो मार्गमा दुर्घटना बढ्दै गएको स्थानीयवासीले बताएका छन् । उनीहरूले चालक सावधानी र सडक सुधार दुवै आवश्यक रहेको सुझाव दिएका छन् ।





