जुम्ला । जुम्लाकाे गुठिचौर गाउँपालिका–३ की १९ वर्षीया देवकी रावल झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो करिब २ बजे घरदेखि करिब १० किलोमिटर टाढा पर्ने बैसेनी जंगलमा रुखमा पासो लगाई झुण्डिएको अवस्थामा रावल मृत अवस्थामा भेटिएको गुठिचौर गाउँपालिका -३ का वडा अध्यक्ष इन्द्र बुढाले जानकारी दिए ।

वडा अध्यक्ष बुढाका अनुसार जडिबुटी संकलनका लागि पाटन गएकाे बेला घर फर्कने क्रममा बाटाे रूखमा झुन्डिएको अवस्थामा फेला पारेकाे बताए । उनले भने, ४ दिन देखि घरमा नआए पछि खाेजतलास गर्दा आँप जंगलमा झुन्डिएको अवस्थामा फेला पारेकाे बताए ।
गुठिचाैर गाउँपालिकाकाे झारज्वाला प्रहरी चौकीबाट प्रहरी सहायक हवल्दार दिनेश थारुको कमाण्डमा दुई जनाको टोली र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षक शालिकराम खनालको कमाण्डमा छ जनाको प्रहरी टोली घटनास्थलमा अनुसन्धानका लागि खटिएको थियाे ।
घटनास्थल प्रहरी चौकी झारज्वालाबाट करिब ८ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट करिब १२ किलोमिटर पूर्वमा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलमा प्रारम्भिक अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी साँझ ४ बजेर २५ मिनेटमा शवलाई पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाएको छ।





