जुम्ला । उज्यालो नेपाल पार्टीले जुम्लाका मिनराज आचार्यलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ । पार्टी विधान २०८२ को परिच्छेद ७ को दफा २६ अनुसार मिति २०८२ भदौ १८ र १९ गते सम्पन्न पाँचौं केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार आचार्यलाई केन्द्रीय कमिटी सदस्य पदमा मनोनीत गरिएको हो ।

पार्टीको केन्द्रीय कार्यालय, काठमाडौंले जारी गरेको पत्रमार्फत उक्त जानकारी गराइएको छ। पत्रमा देश निर्माण र आम नागरिकको हित सर्वोपरि राख्दै पार्टी संगठनलाई थप अनुशासित, मर्यादित र गतिशील बनाउन आचार्यको महत्वपूर्ण भूमिका रहने अपेक्षा व्यक्त गरिएको छ ।
नवनियुक्त केन्द्रीय कमिटी सदस्य आचार्यको कार्यकाल सफलताको कामना गर्दै पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन ।
यद्यपि आचार्य प्रचण्ड नेतृत्वको एकीकृत माओबादिको अखिल क्रान्तिकारीको जिल्ला संयोजक , प्रदेश सचिब समेत भएका थिए ।
उज्यालो नेपाल पार्टीले पछिल्लो समय संगठन विस्तार र नेतृत्व सुदृढीकरणमा जोड दिँदै आएको छ






