भैलो खशान क्षेत्रको पुरानो संस्कृति हो । परापुर्वकाल देखि पुस्तान्तरण हुदै आएको संस्कृति हो । भैलो र भुवो एकै समयका र एउटै प्रयोजनको लागि सुरु गरिएको हो। पछिल्लो समयमा कुनै स्थानमा भुवोले स्थान लिएको छ भने कुनै स्थानमा भैलोले ।

भैलो र भुवो कल्याल वंशी राजा वलिराजको शासन कालवाट सुरु भएको हो भनिएको छ । यी दुवै परमपरा कल्याल वंशी राजा वलिराजले राज्यको सैनिक कोष मजवुत वनाउन अन्न र नगद जम्मा गर्न एक तरिकाले अपनाएको कर अशुलि हो हरेक वर्ष जनतालाइ खुसी वनाएर युद्ध कोष बढाउने तरिका हो ।
सैनिक युवाहरु भैलो खेलेर अन्न र नगद जम्मा गर्थे भने कुनै युवा भुवो खेलेर जन्मा गर्थे जुन अन्न र नगद युद्दको समयमा प्रयोग गर्ने गरिन्थ्यो । यी दुवै पर्वको मुख्य उद्देश्य भनेको भुमी संरक्षण गर्नु रहेको थियो ।
अर्को तर्फ भुवो परम्परा कल्याल वंशी राजा वलिराजको समयको नभइ मल्ल खशहरुको समय देखि हो भन्ने तर्क पनि प्रस्तुत गरिएको छ । सम्वत ३०० तिर गुप्त राजा र खशहरुको विच युद्ध पनि भएको छ भने सम्वत ५५० को आसपासमा हुण र खशहरुका विच युद्द भएको देखिन्छ ।
पटक पटक युद्द व्यहोर्नु परेकोले खश राज्यको राजधानी व्रमपुर वाट ताख्लाखर सरेको देखिन्छ ताख्लाखरमा पनि मोहम्मद गजनिव समेतका मुस्लमान संगको युद्द भएको थियो तर खशहरुले नै जितेको पाइन्छ । त्यसै गरी पटक पटक युद्धवाट राज्यलाइ नोक्सानी पुग्न गएकाले ताख्लाखरको राजाधानी सिजा सरेको देखिन्छ । ताख्लाखरको युद्दको समय देखि जित हासिल गरेको उपलक्ष्यमा भुवो प्रचलनमा आएको देखिन्छ ।
युद्ध जितेका हुनाले भुवोको गित गाउने र हतियार नचाएर उत्सव मनाउने गरिन्छ ।यो उत्सव भुमी रक्षा गरेको खुशियालि प्रतिकको रुपमा नाचगान गरिन्छ भने हतियार झल्काउने गरिन्छ । भुवोको गित यस् प्रकारको रहेको छ।
एक जना – समुहले भन्छ भोसो
समुहले भन्छ – पहिलो भोसो कहाँ उव्ज्यो
एक जना भन्छ – ताउलाखर भोसो
एक जना – ताउलाखरको भोसोले क्या खायो ।
समुहमा – उनै नुनै खानकी खायो ।
एक जना – तुम्कोट ताइ आयो
समुहमा – तुम्कोटका भुवोले क्या क्या खान्की खायो
एक जना – सुनै खान्की खायो ।।
त्यस्तै गरी भैलोको प्रचलन ताक्लाकोट अर्थात ताउलाखरको इतिहास देखिदैन यो पर्व कल्याल वँशी राजा वलिराजको समय देखि चलेको हुनु पर्छ । भैली विस्तारै खशान क्षेत्रवाट अन्यत्र सर्दै गएको पाइएको छ । डोटी, बझाङ , अक्षाम तिर पनि भोलो सिजापति राजा वलिराजको समय देखि सेनाको कोषको लागि सुरु भएकोमा पछि आम सर्वसाधारणमा प्रचलन हुन गएको भन्ने मत रहेको छ ।
भोलो विभिन्न ठाउमा आफ्नो तरिकाले मनाइएको पाइएको छ
जस्तै ।
१- बझाङमा मंसिर पुर्णिमाको दिनवाट सुरु गर्ने गरेको देखिन्छ ।
२- अछाममा पुस पुर्णिमाको दिनवाट सुरु गर्ने गरिएको छ ।
३- डोटी डंडेलधुरामा विजया दशमीको द्वादशीका दिन वाट सुरु गरेर कार्तिक शुक्ल द्वादशीका दिन सम्म मनाइन्छ ।
४- जुम्ला लगायतका कर्णाली क्षेत्रमा मंसिर पुर्णिमाको दिन सानी भैली र सानो भैलि सकिएको १५ दिन पछि औसीको दिन देखि सुरु भइ पाँच दिन सम्म भैलो खेलिन्छ।
चार दिन सम्म खेलिने भैलोलाइ भैलो भनिन्छ भने अन्तिम पाँचौं दिनको भइलोलाइ छाड भैलो भनिन्छ । छाड भैलोको दिन प्राय धेरै युवा युवतीहरु सहभागी हुने गर्छन ।
कर्णाली क्षेत्रमा भैलोमा गाइने गित यस्तो हुन्छ ।
आइ औशीका वार – भैलो
दर बुधबार – भैलो
दरामे खोली – भैलो
वाँसैकी झोली – भैलो
आर्या न तार्या – भैलो
पीपलु डाल्या – भैलो
रायकी छाती – भैलो
वाखरी खानु – भैलो
भैले र चेला – भैलो
को सुआला – भैलो
भैले सुआला – भैलो
डोडने होइनौ – भैलो
ऋतुका वात – भैलो
भैलेरा आया – भैलो
ऋतु जनाया – भैलो
आकाश सिला – भैलो
दुवा जन जोडिया – भैलो
पाथा जन भरिया – भैलो
जुम्ला खेलिनी भैलो भन्दा अछाम अलि फरक रहेको छ जुन यस प्रकार रहेको छ ।
ए भैलो पुनीमा भैलो जनाउन्या – भैलो
ए हामी र आयौ भैलो माग्न – भैलो
ए हामी र आयौ रित जोगाउन – भैलो
ए हामी र त्यसै आएका होइनौं – भैलो
ए वलिराजाले पठाएको – भैलो
ए भित्र को छओ वाहिर आओ – भैलो
ए सुधा र भेटी दिइ पठाओ – भौलो
आदी आदी
कर्णाली क्षेत्रमा भैलोको समयमा ढिक्की जाँतो ओखल घट्ट कुटान पिसान गर्न हुदैन खेत भत्किन्छन भन्ने चलन रहेको छ ।





