१। साफ यु–१९ महिला च्याम्पियनसिप, २०२६ को उपाधि कुन देशले जितेको छ ?
भारत
– उपविजेता बङ्गलादेश
– सञ्चालन मिति २०८२ माघ १७–२४
– सहभागी टोली चार नेपाल, भारत, बङ्गलादेश, भुटान
– पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा विसंं २०८२ माघ २४ मा सम्पन्न फाइनल खेलमा साविक विजेता बङ्गलादेशमाथि ४–० को फराकिलो अन्तरको जित निकाल्दै भारत च्याम्पियन बनेको हो ।
– प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि बङ्गलादेशकी अल्पी अक्तरले पाएकी छिन् ।
– उत्कृष्ट गोल रक्षक भारतकी मुन्नी बन्दा फेयर प्ले अवार्ड भारतले पाएको छ ।
२) अरनिको युवा कला पुरस्कार, २०८२ बाट कसलाई सम्मान गरिएको छ ?
सुरेम देशार
– यो पुरस्कार विसं २०८२ माघ २३ गते प्रदान गरिएको हो ।
– पुरस्कार ४० हजार रुपियाँ सहित सम्मानपत्र
३) अभिनेता सुनील थापाको निधन कहिले भएको थियो ?
विसं २०८२ माघ २४
४) इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको ‘छैटौँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२५’ जित्न सफल नेपाली इन्स्योरेन्स कम्पनी कुन हो ?
सूर्यज्योती लाइफ इन्स्योरेन्स
– अवार्डको छैटौँ संस्करण अन्तर्गत ६ फेब्रुवरी, २०२६ मा इन्डियन चेम्बर अफ कमर्सले थाइल्यान्डको बैङ्ककमा आयोजना गरेको ‘छैटौँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२५’ मा सूर्यज्योति लाइफले बेष्ट इनोभेसन लिड बाई टोक्नोलेजी एन्ड इन्स्योरेटेक–नेपाल विधामा अवार्ड हासिल गर्न सफल भएको हो ।
– विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्लुसी, इन्डियन इन्सिटिच्युट अफ इन्स्योरेन्स,
अन्तर्राष्ट्रिय बिमा विज्ञलगायत थुप्रै प्रतिष्ठित संस्थाबाट स्वतन्त्र रूपमा मूल्याङ्कन गरी विभिन्न वित्तीय सुचाङ्कहरूमा उत्कृष्ट कार्यसम्पादनको आधारमा अवार्ड प्रदान गरिएको हो ।
५) नेपाल बिमा प्राधिकरणको पहिलो महिला अध्यक्ष को हुन् ?
चन्द्रकला पौडेल
– विसं २०८२ माघ १३ गतेको मन्त्रीपरिषद्को बैठकले पौडेललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको हो ।
६) विश्व क्यान्सर दिवस कहिले मनाइने गरिन्छ ?
फेब्रुअरी ४
– सन् २०२६ को थिम स् युनाइटेड बाइ युनिक
– यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस विविध चेतनामूलक कार्यक्रमका साथ मनाइन्छ ।
– सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’ बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि यो दिवस चेतनामूलक कार्यव्रmमका साथ मनाउन प्रारम्भ भएको हो ।
– विश्व स्वास्थ्य सङ्ठन ९डब्ल्युएचओ० का अनुसार हरेक वर्ष करिब १० लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेको छ ।
७) छोरी बिमा कार्यक्रम मधेश प्रदेशले सुरु गरेको हो भने बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको कार्यक्रम कुन प्रदेशले सुरु गरेको हो ?
कर्णाली प्रदेश
८) आर्थिक सर्वेक्षण २०८१र८२ अनुसार २०८१ फागुनसम्म आधारभूत खानेपानी सेवाको पहुँच पुगेको जनसङ्ख्या कति प्रतिशत रहेको छ ?
९६.८५ प्रतिशत
९) अन्तरिक्षबाट ऐतिहासिक ‘अर्थराइज’ फोटो खिच्ने अमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको निधन कहिले भएको हो ?
सन् २०२४ जुन ७
१०) मधेश प्रदेश सरकारले नागरिक घरधुरी बिमा कहिलेदेखि सुरु गरेको हो ?
विसं २०८२ साउन १
११) ‘नेपाल बहुसूचक सर्वेक्षण २०२४र२५’ अनुसार नेपालका कति प्रतिशत घरधुरीमा इन्टरनेटको पहुँच विस्तार भएको छ ?
८२ प्रतिशत
१२) नेपालको कुन ठाउँमा कृषि आनुवांशिक केन्द्र ९जीन बैङ्क० स्थापना गरिएको छ ?
ललितपुरको खुमलटार
– जिन बैङ्कको स्थापनासँगै लोप हुने खतरामा रहेका विभिन्न जातका बिउ संरक्षण हुने छ ।
– बैङ्कमा कृत्रिम वातावरणमा अल्पकालीन र दीर्घकालीन गरी दुई किसिमले बिउ भण्डारणको व्यवस्था मिलाइएको छ ।
१३) सिमबायोटिक लिङ्क भन्नाले भूराजनीतिक रूपमा कुन क्षेत्रलाई बुझिन्छ ?
इन्डो–प्यासिफिक क्षेत्र
१४) ‘ग्लोबल एआई अडप्सन इन २०२५ अ वाइडेनिङ डिजिटल डिभाइड’ नामक प्रतिवेदन अनुसार नेपालको कामकाजी उमेरको कति प्रतिशत जनसङ्ख्याले जेनरेटिभ एआई प्रविधि र ‘टुल’ प्रयोग गर्ने गरेका छन् ?
करिब १३ प्रतिशत
– विश्वभर आर्थिक र सामाजिक गतिविधिको केन्द्रमा एआई प्रवेश गरिरहेका बेला नेपाल लगायतका विकासोन्मुख देश भने यसको प्रयोगमा पछाडि पर्दै गएको प्रतिवेदनले देखाएको छ ।
१५) फोब्र्सको नयाँ तथ्याङ्क अनुसार विश्वको सबैभन्दा धनी व्यक्ति को रहेका छन् ?
एलन मस्क
– विश्व प्रसिद्ध अमेरिकी आर्थिक म्यागेजिन फोब्र्सका अनुसार, मस्कको कुल सम्पत्ति अहिले ८५० बिलियन डलर ९करिब ११३ लाख करोड नेपाली रुपियाँ० को ऐतिहासिक उचाइमा पुगेको छ ।
– मस्कको एक्लो नेटवर्थ नेपालको मात्र होइन, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश जस्ता दक्षिण एसियाली मुलुकको कुल अर्थतन्त्र जोड्दा हुने रकमभन्दा पनि धेरै रहेको ।
– मस्कले एकै दिनमा मात्रै ८४ बिलियन डलर थपेर इतिहासकै सबैभन्दा धनी व्यक्तिको कीर्तिमान रचेका हुन् ।
– फोब्र्सका अनुसार, मस्कको यो चामत्कारिक छलाङको मुख्य कारण उनको रकेट कम्पनी ‘स्पेसएक्स’ ले आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप ‘एक्सएआइ’ लाई खरिद गर्नु हो । पहिले दुई अलग अस्तित्वमा रहेका यी कम्पनी गाभिएर अहिले १।२५ ट्रिलियन डलरको एउटै कम्पनी बनेको छ ।
– अक्टोबर २०२५ सम्म ५०० बिलियन डलरको आँकडामा रहेका उनी डिसेम्बरको मध्यतिर ६०० बिलियन, डिसेम्बर १९ मा ७०० बिलियन र अहिले जनवरी २०२६ सम्म आइपुग्दा ८५० बिलियन डलरको शिखरमा पुगेका छन् ।
१६) सन् २०२५ मा अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाउने व्यक्ति को–को हुन् ?
जोएल मोकिर नेदरल्यान्ड्स, फिलिप अघिअन फ्रान्स र पिटर होविट क्यानडा
१७) नेपालमा फोटोसहितको मतदाता नामावलीको सुरुवात कहिलेदेखि भएको हो ?
विसं २०६७ भदौ २८
१८) नेपालमा सर्वप्रथम डिएनए परीक्षण गरिएको वनस्पति कुन हो ?
चिराइतो
१९) गोरखापत्र कहिलेदेखि प्रकाशित हुन थालेको हो ?
विसं १९५८ वैशाख २४
– श्री ३ देवशमशेरले प्रकाशन प्रारम्भ गरेको ‘गोर्खापत्र’ साप्ताहिक रूपमा विसं १९५८ को वैशाख २४ गते प्रकाशित भएको हो ।
– गोरखापत्रले विभिन्न आरोहअवरोह खेप्दै १२५ वर्षदेखि अनवरत रूपमा प्रकाशित हुँदै आएको छ ।
– पहिलो तस्बिर विसं १९८४ वैशाख १३ गते प्रकाशित वीरगन्जकी १२ वर्षीया सूर्यमति श्रेष्ठले चन्द्रकामधेनु चर्खाद्वारा धागो कातिरहेको तस्बिर – पहिलो विशेषाङ्क –विसं १९९८ भदौ १७ उदयाङ्क ।
– अर्ध साप्ताहिकको आरम्भ–विसं २००० असोज २९ गते सातामा मङ्गलबार र शुक्रबार गरी दुई पटक प्रकाशित ।
– सातामा तीन पटक विसं २००३ पुस ८ गतेदेखि प्रकाशित ।
– दैनिक प्रकाशन आरम्भ – २०१७ फागुन ७ गतेबाट ।
– शनिवारीय परिशिष्टाङ्कको थालनी–विसं २०१९ असार ९ गतेदेखि ।
– सायम्कालीन प्रकाशन विसं २०१९ कात्तिक २ गतेदेखि २०२२ असोज २२ गतेसम्म बिहान र साँझ दिनमा दुई पटक प्रकाशित ।
– रमाइलो शुक्रबार प्रकाशन आरम्भ–विसं २०४५ भदौ महिनादेखि चारपेजी अतिरिक्त अङ्क प्रकाशन ।
– विसं २०५७ को वैशाख २४ गतेको प्रकाशनसँगै एक सय वर्ष अर्थात् शताब्दी प्रवेश ।
– ‘स्टप दी’ प्रेस–पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनको समाचार ।
गोरखापत्रका सम्पादक
– गोरखापत्रको तालुकवालको रूपमा पहिलो पटक पं। नरदेव पाण्डेय रहनुभयो ।
– व्यवस्थापकीय भूमिका रहने दोस्रो तालुकवालको रूपमा विसं १९६० भदौ २२ गतेबाट भाषासाधक जयपृथ्वीबहादुर सिंहलाई तोकियो ।
– विसं १९९१ जेठ ५ गतेको गोरखापत्रमा पहिलो पटक ‘सम्पादक प्रेमराज’ भनी छापियो ।
– पहिलो प्रधान सम्पादकका रूपमा विसं २०१२ भदौ ३० गतेदेखि २०१४ असोज २३ गतेसम्म प्रकाशित गोरखापत्रमा बालकृष्ण समको नाम छापियो ।
– दोस्रो प्रधान सम्पादक विसं २०१४ असोज २९ गतेदेखि २०१५ जेठ २० गतेसम्म प्रकाशित गोरखापत्रमा टेकबहादुर खत्री ९साहित्यमा टेकबहादुर नवीनको रूपमा पनि चिनिनुहुन्छ० को नाम छापियो ।
सो्रत ः गोरखापत्र





