आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिदै छ । यसै बिच नेकपा एमालेका नेता पुर्व केन्द्रिय सदस्य रतन नाथ योगिलाई सोधेका थियौ नेकपा एमालेलाई भोट किन ? उहाँको जवाफ यस्तो रहेको छ ।
हामीले २०७२ सालमा संविधान जारी गरेका छौं । यो संविधानको कार्यन्वयन गर्नु हामी सबै राजनीतिक पार्टीको साझा दायित्व र मुद्दा हो । यो आजका दिनका लागि मात्र होइन्, सुदुर भविश्य र धेरै समयका लागि सबै पार्टीको घोषणापत्र बन्नेछ ।

संविधानमा जे लेखिएको छ त्यसलाई कार्यान्वयन गर्नु पर्छ भन्ने हो अहिले संविधान मास्ने देश जलाउने हाम्रो व्यवस्थालाई रद्धिको टोकरीमा फाल्नको लागि तानावाना बनिरहेको छ त्यसलाई प्ररास्त गर्नका लागि एमाले रोज्नु पर्छ । यस हिसावले नेकपा एमालेको पनि आजको मुद्दा संविधान कार्यान्वयन नै हो , देशको भौगोलिक अखण्डताको रक्षा हो, नेपालीको सार्वभौमिकता जोगाई राख्ने कुरा हो । अथवा, नेकपा एमालेलाई किन भोट दिने भन्दा संविधान कार्यान्वयनका लागी, देश बचाउनका लागी, बर्तमान व्यवस्था रक्षाको लागि विदेशीको परेड खेल्ने भुमि हुनबाट बचाउनका लागी हो ।
यो सबैको मुद्दा हो, यो हाम्रो मात्र मुद्दा भन्ने छैन। यो अरू पार्टीको पनि हो। तर यो कार्यान्वयन कसरी गरिनेछ भन्ने विषयमा हामी विवादित हुदै आएका छौ र हुन सक्छौ । विभिन्न पार्टीहरु विवादित हुन सक्छन् ।
त्यस हिसाबले हाम्रा केही प्राथमिकताहरू छन्, हाम्रा केही उद्धेश्यहरु छन।
हामी के गर्न चाहँन्छौ भन्दा पहिलो कुरा लोकतन्त्रलाई सुदृढिकरण गर्न चाहन्छौ। लोकतन्त्रको विस्तार गर्न चाहन्छौ। यो मैले किन भन्दै छु भने हाम्रो लोकतन्त्रको इतिहास स्थिर रहेन्।
कहिले आयो कहिले गयो, फेरि आयो फेरि गयो। यसल स्थिरतता पाउन सकेन । यसको अस्थिरतताले मुलुक पछाडी पर्यो । यसले गर्दा लोकतान्त्रिक स्थिरता हाम्रो प्राथमिक मुद्दा हो। यद्यपी हाम्रो नेतृत्व माथि अधिनायकवादीको आरोप लागेको छ। यो केवल आरोप मात्र हो । यो प्रजातन्त्रवादीहरुले लोकतन्त्रवादीहरुले नभन्नुपर्ने मुद्दा हो।
हाम्रो पार्टी र नेतृत्वलाई यिनीहरुले अधिनायकवादिता ल्याउँदैछन्, उनीहरु अधिनायकवाद लाद्दैछन् भनेर दोषारोपण गर्नु उचाल्नु राम्रो होइन्। यसर्थ हाम्रो पहिलो कुरा लोकतन्त्रको स्थिरताकै कुरा हो। दोस्रो कुरा चाहिँ लोकतन्त्रको सुदृढिकरणको कुरा हो। तेश्रो कुरा सासकीय प्रणालीमा स्थिरताको कुरा हो। यो गएको ८० वर्षीय लोकतन्त्रको इतिहासमा हाम्रो मात्रै होइन्, लोकतन्त्रको मात्रै कुरा होइन्, राजाकै सरकार पनि पाचँ वर्ष पनि टिकेन्।
यो लोकतन्त्रको अस्थिरतताको कुरा स्थिर सरकार नहुने परिस्थिति राष्ट्रिय समस्या हो। हामी यसलाई अन्त्य गर्न चाहँन्छौ। एउटा स्थिर, ५ वर्षको बहुमतको सरकार चलाएर दिन चाहन्छौ। हामी त्यसका लागि चुनावमा जादैँछौ, हामी त्यसका लागि चुनावमा जनतासँग भोट माग्दैछौ। चौथो कुरा सम्बृद्वीको कुरा हो।
हामी जुन ठाउँमा छौ, त्यस ठाउको समग्र विकास गरेनौं र जनताको समृद्वीको लागि काम गरेनौ भने त्यसमा टिक्न गाह्रो छ। मैले यो तिब्र आर्थिक विकास त्यसै भनेको होइन। आज चीनमा जे हुँदैछ, भारतमा जे हुँदैछ त्यसलाई हेरेर हामीले तिब्र आर्थिक विकास गर्नै पर्छ। यदि त्यसो गर्न सकिएन भने त्यहाँका प्रभावहरु, त्यहाँका सुरक्षा त्यहाँका राजनीतिक चासोँहरु, तिनीहरुका संवेदनशिलताहरु यति आकाशिदै जानेछन्, तिनीहरुलाई हामीले देख्न सक्दैनौ।
त्यसले गर्दा हामीले तिब्र आर्थिक विकास गर्नैपर्ने छ। तर जोड्नै पर्ने र छोड्नै नहुने कुरा आज हामीले तिब्र विकासको जुन कुरा गर्छौ, त्यतिखेर समानतामा आधारित विकासको कुरा हो भन्ने हामीले भुल्न हुँदैन। किनभने समानतामा आधारित नभएर भएको विकास धेरै मुलुकमा असफल भयो। त्यसले झनझन ठूलाठूला संकटहरु ल्यायो। अझ, हाम्रो जस्तो राजनीति, हाम्रो जस्तो लामो लोकतन्त्रिक आन्दोलनको इतिहास वोकेको देशको संविधान भएको मुलुकमा हामी समानता सहितको विकासका लागि आधारित भएनौं भने हामीले भन्ने गरेको तिब्र विकास पनि राम्ररी अगाडि बढ्न सक्दैन् ।
आजको वर्तमान परिस्थिति सामान्य राजनीतिक प्रतिस्पर्धाको मात्रै विषय होइन, यो देश बनाउने र देश बिगार्ने शक्तिहरूबीचको प्रतिस्पर्धा हो। एकातिर संविधानलाई कमजोर बनाउने, व्यवस्था भत्काउने, अस्थिरता सिर्जना गर्ने र राष्ट्रलाई अनिश्चितताको भुमरीमा धकेल्ने प्रवृत्ति छ भने अर्कोतर्फ राष्ट्रिय स्वाधीनता जोगाउँदै स्थिरता, विकास र सुशासनको मार्ग समात्ने संकल्प छ ।
आजको युगमा सामाजिक सञ्जालको एल्गोरिदम, भ्रामक प्रचार र भीडको मनोविज्ञानले सत्यलाई ओझेलमा पार्ने खतरा बढेको छ । यस्तो अवस्थामा भावनामा होइन, विवेकमा आधारित निर्णय आवश्यक छ । नेपाललाई विदेशी स्वार्थको खेलमैदान होइन, आत्मनिर्भर, सार्वभौम र सम्मानित राष्ट्र बनाउने दायित्व हाम्रो काँधमा छ । त्यसैले वर्तमान व्यवस्था सुदृढ गर्दै, राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षा गर्दै, स्थिर सरकारमार्फत तीव्र र समानतामूलक विकास अघि बढाउनका लागि नेकपा एमालेलाई मतदान गरी विजयी गराउनु आजको आवश्यकता हो । तसर्थ नेकपा एमालेको चुनाव चिन्ह सुर्यमा मतदान गर्न सम्पुर्ण मतदाता जनमा आह्वान गर्दछु ।





