सिक्किम भौगोलिक आकारमा सानो भए पनि भारतका लागि राजनीतिक र रणनीतिक रूपमा महत्त्वपूर्ण इलाका हो । १५०० इसापूर्वमा नेपालका किरात राजा एलम्बरले पश्चिममा त्रिशूली नदीदेखि पूर्वमा टिस्टासम्म सिक्किमको समग्र भागसहित आफ्नो एकछत्र शासन कायम गरेका थिए (चुम्लुङ २०१४) । सिक्किमका राजा तेन्जिङ नामग्याल सन् १७८० देखि १७९३ को बीचमा असाध्यै कमजोर शासक थिए । उनले सिक्किमको सार्वभौमिकता नेपाललाई सुम्पिएका थिए । सन् १७८८ मा नेपाली गोर्खा सैनिकले सिक्किम आक्रमण गरी लिम्बुवान इलाकामा गाभेका थिए। त्यसताका सिक्किमका राजा भागेर तिब्बतमा शरण लिन पुगेका थिए।

केही समयपछि आठौं दलाई लामाले उनलाई चुम्बी उपत्यकामा पुनःस्थापना गरी सन् १७९३ मा चिनियाँ सहयोगमा उनका छोरा शुदपुड नामग्याललाई पुनः सिक्किमको राजा बनाइएको थियो । उनी नाम मात्रैका राजा थिए । सिक्किममा नेपालको गोर्खा राज्यले शासन गर्दथ्यो । भारतमा इस्ट इन्डिया कम्पनीको बोलवाला भएपछि सिक्किमीहरूले त्यससँग सम्बन्ध बढाएका थिए । अङ्ग्रेजसँग सिक्किमी सम्बन्धबाट रिसाएका गोर्खाली सेनाले सिक्किममाथि पुनः आक्रमण गरी तराईसहितको सम्पूर्ण भूभाग टिस्टा नदीसम्म कब्जा गरेका थिए । यो स्थितिले सन् १८१४ मा इस्ट इन्डिया कम्पनीलाई नेपालमा आक्रमण गर्न प्रेरित गर्यो । जसको परिणामस्वरूप सुगौली सन्धि र टिटेलियाको सन्धिका कारण सन् १८१७ मा नेपालले कब्जा गरेको सिक्किमी भूभाग फिर्ता गर्नुपयो ।
सन् १६४२ देखि १९८९ सम्म सिक्किममा नामग्याल राजवंशको निरन्तर शासन कायम रहेको थियो । इस्ट इन्डिया कम्पनी सरकारले सन् १८३५ मा सिक्किमबाट दार्जिलिङ कब्जा गरेको थियो । ब्रिटिस र सिक्किमबीच सन् १८४९ तिर भएका घटनाहरूले धेरै क्षेत्र ब्रिटिसको कब्जामा परेसँगै सिक्किमको सैन्य क्षमता कमजोर हुन पुग्यो । जसले गर्दा सन् १८६१ मा बेलायत-सिक्किम सन्धि भयो । यो सन्धिले सिक्किमलाई बेलायतको रियासतमा परिणत गन्यो । तर पनि, सिक्किमको घरेलु मामिला हेर्ने जिम्मा चोग्याललाई नै दिइएको थियो।
सन् १९४७ पछि सिक्किम पुनः स्वतन्त्र र सार्वभौमजस्तो भए पनि भारतको संरक्षित राज्य बन्न पुग्यो । हिमाली अधिराज्य सिक्किमलाई १७ मे १९७५ का दिन राजनीतिक हस्तक्षेपद्वारा स्वअस्तित्व समाप्त पार्दै भारतले आफ्नो २२ औं राज्यमा परिणत गयो। भारतका लागि सिक्किमको रणनीतिक महत्त्व नाथुला भन्ज्याङबाट तिब्बती पठार र चुम्बी उपत्यकामा आफ्नो पहुँच पुन्याउनु हो (राई, २०१७) । चुम्बी उपत्यका सिक्किमका राजवंश चोग्यालको पुरानो बसोबास क्षेत्र हो। यो रणनीतिक दृष्टिले चीनका लागि पनि महत्त्वपूर्ण छ । सिक्किम र भुटानबीचको साँघुरो चिनियाँ दोक्लाम क्षेत्र चिकेन नेक को रूपमा पनि चिनिन्छ। यो भारत र चीन दुवैतर्फ भूरणनीतिक दृष्टिले संवेदनशील क्षेत्र हो । भारत दोक्लाम क्षेत्रबाट चिनियाँ खतरा देख्दछ । चीनले पनि यसको रणनीतिक महत्त्वलाई राम्ररी बुझेको छ । यही कारणले भारत र चीनबीच दोक्लामको सुरक्षाको सवालमा झडपहरू हुने गरेका छन् । दोक्लाम चिनियाँ सडकद्वारा जोडिएको छ । चीनबाट दक्षिण एसिया प्रवेशका लागि यो सबैभन्दा उपयुक्त आर्थिक कोरिडोर हो। कूटनीतिक समझदारी कायम गर्न सके यो कोरिडोर चीनलाई मात्रै होइन दक्षिण एसियाली मुलुकहरूको आर्थिक विकासमा समेत सहयोगी हुनेछ ।
भारत ब्रिटिस उपनिवेशबाट मुक्त भए पनि उसले त्यस बेलादेखि नै सिक्किमलाई भारतमा विलय गर्ने दीर्घकालीन गुरुयोजना बनाउँदै आएको थियो । सन् १९५० मा भएको भारत सरकार र सिक्किम सरकारबीचको सम्झौताले त्यसअघि भएका सबै सन्धि सम्झौताहरूलाई रद्द गर्यो । प्रत्येक वर्ष भारतले तीन लाख रुपैयाँ सिक्किमलाई दिने सर्तसमेत मञ्जुर गन्यर्यो । वास्तवमा यही सम्झौताले सिक्किम नरेशको क्षेत्राधिकारलाई सीमित गरिदियो र कालान्तरमा भारतले सिक्किममाथि आफ्नो प्रभुत्व जमाउन पुग्यो । त्यस सम्झौतामा भारत र सिक्किमबीच कुनै विवाद भए भारतको ‘सुप्रिम कोर्ट’ (सर्वोच्च अदालत) को फैसला अन्तिम हुने भन्ने प्रावधानका कारण सिक्किमको सार्वभौमसत्तालाई भारतले आफ्नो मातहतमा राख्न सफलता प्राप्त गर्यो । यो सन्धि सिक्किम र सिक्किमेली जनतामाथिको पहिलो खतरनाक राष्ट्रघाती सम्झौता थियो । यो सम्झौतापछि सिक्किममा उत्तरदायित्वपूर्ण सरकार गठनको आवश्यकतालाई जनताबीच भ्रम सिर्जना गरी सन् १९५३ मा औचित्यहीन स्टेट काउन्सिल’ को निर्वाचन गराइएको थिया
सिक्किम दरबारभित्रै रमाउने महाराजा टासी नामग्यालको अधिकांश समय आन्तरिक राजनीतिक विवादले भरिएको थियो । राजाका माहिला छोरा युवराज पाल्देन थोन्डुप दोर्जेको समूहलाई दरबारको राजनीतिक कलह बिलकुलै मन परेको थिएन । नेपालको अधीनमा रहेको सिक्किममा सन् १६४२ देखि नेपाली मूलका मानिसहरूको बहुमत रहँदै आएको छ। पाल्देन थोन्डुप नामग्याल सिक्किमका अन्तिम राजा थिए । सिक्किम तिब्बत र भुटानको झगडाको बीचमा पनि एक स्वतन्त्र राज्यको रूपमा रहिआएको थियो । सन् १६४१ तिर सिक्किममा लेप्चा, लिम्बु र मगरका अलग अलग राज्यहरू थिए । सिक्किमका आदिवासी लिम्बु र मगरहरू दक्षिण तथा पश्चिमी सिक्किममा बस्दथे (बरेह, २००१) । तिब्बत र बौद्ध धर्मको प्रभावका कारण सिक्किममा तिब्बती मूलका लोपालाई राजा बनाइयो (चुम्लुङ, २०१४) ।
सिक्किममा राजवंशको लामो इतिहास छ । यिनीहरूले सन् १६४२-१९७५ सम्म करिब ३३३ वर्ष शासन गरेका थिए । डिसेम्बर २, १९६३ मा महाराजा टासी नामग्यालको ७० वर्षको उमेरमा निधन भयो (एमसीके, २००४) । त्यसपछि जब युवराजले प्रत्यक्ष शासन सञ्चालन गर्न थाले, सिक्किममा राजनीतिक अस्थिरता पैदा भयो । मे १९६३ देखि त सिक्किममा सशस्त्र जनआन्दोलन नै आरम्भ भयो । दरबारका विरुद्ध नाराबाजी र जुलुस हुन थाल्यो । आन्दोलनले लिखित संविधान एक व्यक्ति एक मत निर्वाचन प्रणालीमा सुधार, शासन प्रणालीको सुव्यवस्था र जग्गा कानुनमा सुधारजस्ता मागहरूलाई मुख्य रूपमा अघि सारेको थियो । जनता काङ्ग्रेसका नेता केसी प्रधान जेलमा थुनिएका थिए र आन्दोलनको नेतृत्व काजी लेण्डुप दोर्जेले गरेका थिए ।
आन्दोलनमाथि दमन गर्न थालियो । गोली र अश्रुग्याँसको प्रहारले जनआन्दोलन अझ भडकिन पुग्यो । हामी राजा मान्दैनौं, जनताको साथ चाहिन्छ’, ‘राजा चोग्याल – मुर्दावाद’ जस्ता नाराहरू फैलन थाले । राजाको पुत्लासमेत जलाइयो । राजप्रासादभित्रबाटै राजा चोग्याल आन्दोलनलाई निस्तेज पार्न र आफनो शासनको आयलाई लम्ब्याउने तानाबाना बुन्न थाले । आफ्नो शक्तिले मात्र उर्लंदो जनआन्दोलनलाई शिथिल पार्न नसक्ने भएपछि राजा चोग्यालले दरबारको रक्षाका खातिर भारतसँग गुहार मागे । भारतीय अर्द्धसैनिक बल सिक्किम प्रवेश गर्यो । भारतका लागि यो प्रवेशले भूरणनीतक महत्त्व राख्दथ्यो । सिक्किमको चोग्याल राज परिवारसँग भारतीय शासक वर्ग रिसाउनुको मुख्य कारण सन् १९७०-१९७२ तिर सिक्किमद्वारा संयुक्त राष्ट्रसङ्घमा सदस्यताका लागि गरिएको प्रयास थियो । सिक्किमी राजाको यो प्रयासपछि भारतले सिक्किमी समाजमा फुटको राजनीति सुरु गन्यो । ८० प्रतिशत नेपाली र करिब १० प्रतिशत भोटियाहरूको बीचमा जातीय अन्तर्विरोध सुरु गरी सिक्किमी जनताको एकतालाई साम्प्रदायिक द्वन्द्वमा फसाइयो । एकातिर जातीय तनाव र अर्कोतिर भारतीय खुफिया तथा सशस्त्र फौजको प्रवेशले सिक्किमलाई अस्थिरतातर्फ धाकेल्यो ।
६ अप्रिल १९७३ मा भारतीय अर्द्धसैनिक बलले सिक्किमलाई पूर्ण रूपमा नियन्त्रणमा लियो। यही दिनदेखि भारतीय सरकारको तर्फबाट बीएस दासले मुख्य प्रशासकको रूपमा सिक्किमको सम्पूर्ण प्रशासनको अभिभारा सम्हाल्न थालेका थिए । ८ मे १९७३ मा एक त्रिपक्षीय सम्झौता भयो । यस सम्झौतामा सिक्किममा उत्तरदायित्वपूर्ण सरकार गठन गरिने, जनतालाई उनीहरूको मौलिक अधिकार र न्याय दिइने कुरा उल्लेख गर्दै चार चार वर्षमा गणतान्त्रिक पद्धतिअनुरूप निर्वाचनद्वारा एउटा विधानसभा गठन गरिने समेत व्यवस्था गरियो । यो सम्झौताले राजामा अन्तर्निहित सम्पूर्ण अधिकारलाई समाप्त गरिदियो र प्रथम पटक निर्वाचन सम्पन्न भयो ।
यो निर्वाचनमा सिक्किम काङ्ग्रेस र जनता काङ्ग्रेसको संयुक्त काङ्ग्रेसले कुल ३१ स्थानमा विजय हासिल गयो । सिक्किम विलयका प्रमुख पात्र लेण्डुप दोर्जे टासिलिङ्गबाट निर्विरोध निर्वाचित भए । ‘निर्वाचित भएपछि उनी सिक्किम विधानसभाको प्रमुख चुनिए । यो निर्वाचनले राजालाई निरीह त बनायो नै, अब सिक्किमको स्वअस्तित्व माथि नै अनिष्टको बादल मडारिन थाल्यो । यही समयमा काजी लेण्डुपले धन्यवादको प्रस्तावमा भनिदिए, ‘(१) यस उद्देश्य पूर्तिका लागि कानुनी वैधानिक रूप दिन (२) चोग्याल प्रमुख कार्य सञ्चालक, कार्य विभाग र विधानसभाका अधिकारको परिभाषा गर्न (३) प्रस्तावको उद्देश्यबमोजिम भारतसँग सम्बन्ध अझ बलियो बनाउन र आर्थिक तथा राजनीतिक कार्यक्रममा सिक्किमलाई पनि सहभागी गराउन भारत सरकारसमक्ष सिफारिस गर्ने ।” वास्तवमा यो तेस्रो बुँदा नै सिक्किमलाई भारतको पोल्टामा हाल्ने कारक थियो ।
यस्तो गम्भीर र षड्यन्त्रमूलक प्रस्तावले राजा चोग्याल हडबढाउन थाले आफनै आँखाअघि केही राष्ट्रिय गद्दारहरूका कारण स्वतन्त्र सिक्किमको अस्मिता लटिने बाटोलाई खुला गरेको थियो । महाराजा चोग्यालले ८ मे १९७३ को सम्झौताविपरीत यो प्रस्ताव आएको भनी कडा टिप्पणीसमेत गरे । उल्लिखित प्रस्तावले संविधान निर्माण गर्न भारतलाई अधिकार प्रदान गरेको थियो। ८ मे १९७३ को राति ९ बजे राजदरबारमा त्रिपक्षीय सम्झौतामा राजा चोग्यालले हस्ताक्षर गरेका थिए । सम्झौतापछि पनि राजाले कथित प्रजातन्त्रवादी आन्दोलनकारीहरूलाई अपमान गर्न भने छोडेनन् । लेण्डुपलगायतका राष्ट्रघातीहरूले विधानसना निर्वाचनको मतदानलाई राजासँगको लडाइँको परिणामको रूपमा लिन पुगे। हुन त काजी लेण्डुपले सन् १९४६ मा नै सिक्किमलाई भारतमा विलय गराउने कुरा उठाएका थिए भन्ने कुरा बीएस दासले ‘द सिक्किम सागा’ पुस्तकमा उल्लेख गरेका छन् । सन् १९७४ को सेप्टेम्बरमा नै भारतीय सरकारले स्वीकृति प्रदान गर्दै सिक्किमलाई आफ्नै सहराज्यको मान्यता दिएर भारतीय सदनमा सिक्किमबाट प्रतिनिधित्व गर्न दिने व्यवस्था गरेको थियो ।
सहराज्यको मान्यताअगावै मृत्युपत्रमा हस्ताक्षर गर्न जुन २८ मा सिक्किम विधानसभाको बैठक बसेको थियो। त्यस बैठकले संविधानमा सिक्किमलाई गाग्ने अन्तिम निर्णय गर्यो । नयाँ संवैधानिक व्यवस्थाले राजा चोग्यालको स्थितिमा कुनै फरक पारेन र भारतीय संसद्मा सिक्किमको प्रतिनिधित्व पार्न विधानमा उल्लेख भएअनुसार नै गरियो । सहराज्यको मान्यता पाएको सिक्किमलाई भारतमा गाभ्ने प्रधानमन्त्री इन्दिरा गान्धीको योजना पूरा हुन बाँकी नै थियो । तर पनि, स्वतन्त्र देश सिक्किमका जनता भने लगभग मानसिक रूपमा भारतीय भइसकेका थिए । राजा चोग्याल मात्र राष्ट्रियताको पक्षमा उभिएका देखिन्थे । महाराजा चोग्यालकी अमेरिकी पत्नी होप कुकले सिक्किमलाई भारतीयकरण गरिएको प्रचार तेज गरिरहेकी थिइन् । अन्तर्राष्ट्रिय स्तरमा उनले भारतीय हैकमवादी रबैयाको विरोध गर्दै सिक्किमको पक्षमा समर्थन जुटाउन प्रयत्न गरेकी थिइन् । विश्वभर भारतको आलोचना हुन थालिसकेको थियो । नेपालमा राजा वीरेन्द्रको शुभराज्याभिषेकमा भाग लिन नेपाल आएका चोग्यालले सिक्किमका विद्रोहीहरूको कडा आलोचना गरेका थिए । चीनलाई समेत नामग्यालले भारतीय रणनीतिको बारेमा अवगत गराएका थिए । अन्तर्राष्ट्रिय रूपमा भारतले निकै ठूलो आलोचना सहनुपरेको थियो ।
भारतले सिक्किम बिधान सभाका आफ्ना मान्छेहरुलाइ उकास्न थाल्यो ।राजाको विरुद्धमा नारा गरायो ।आखिर अप्रिल
१० १९७५ मा सिक्किम विधानसभाको बैठकले महाराजा चोग्याललाई अपदस्थ गर्दै सम्पूर्ण सिक्किमलाई भारतमा विलय गर्ने माग राख्यो । विधानसभाको यही माग बमोजिम १४ अप्रिल, १९७५ का दिन नाटकीय ढङ्गले जनमत सङ्ग्रह गराइयो । अधिकतम मत भारतमा विलय गराउने पक्षमा परेको आधारमा भारतले सिक्किमलाई आफ्नो नियन्त्रणमा लिँदै २२ औं प्रान्तमा परिणत गन्यो (भण्डारी, २०६९) ।
भारतीय संसद्ले सिक्किमको प्रस्तावलाई स्वीकृत गरेपछि बिहान उज्यालो हुँदा सिक्किमीहरू भारतीय नागरिकमा परिणत भइसकेका थिए । अठ्ठाइस वर्षदेखि भारतीय खुफियाहरूको षड्यन्त्रमूलक रणनीतिक खेल अन्ततः सफल भयो । सिक्किमको यो दुर्घटनाले भारतप्रति नेपाल र भुटानलाई सधै सशङ्कित बनाइरहने गरेको छ (राणा, २०५८) ।
भारतको एकाधिकारवादी, प्रभुत्ववादी र विस्तारवादी अभियानका कारण छिमेकी देशहरू आक्रान्त बनेका छन् । मोरिसस, फिजीजस्ता स्वतन्त्र देशमा भारतीय मूलका नागरिकहरूको बाहुल्यता कारण त्यहाँ प्रधानमन्त्रीसमेत बन्न पुगेका छन् ।
:- राम बहादुर जिसि यसै पुस्तकबाट साभार





