जुम्ला । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको फोर्स गाडी कालिकोटको खाँडाचक्र–१०, गोलुवा भन्ने स्थानमा दुर्घटना हुँदा सातजना यात्रु घाइते भएका छन् ।

कर्णाली प्रदेश ०२-००१ ख ०९७६ नम्बरको बोलेरो गाडी आज बिहान अनियन्त्रित भई करिब १०० मिटर तल खसेको हो । दुर्घटनामा पाँचजना गम्भीर र दुईजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनास्थल कालिकोटमा भएको जानकारी त्यहाँको प्रहरी कार्यालयबाट प्राप्त भएको हो । अहिले कालिकोटबाट प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको छ ।
घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेकाले थप जानकारीको प्रतीक्षा भइरहेको प्रहरीले जनाएको छ ।





