जुम्ला २०८२ साउन २७ गते बिहान करिब ८:०० बजे जुम्ला जिल्लाको हिमा गाउँपालिका ७ बागबजार स्थित नाग्मा–गमगडी सडक खण्डमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

सडक भन्दा माथिबाट खसेको पहिरोका कारण यातायात पूर्ण रूपमा ठप्प भएको हुँदा नेपाल प्रहरीले सडक विभाग र स्थानीय नागरिकहरूसँग समन्वय गर्दै उक्त सडक खण्डमा सवारीसाधन आवागमन सुचारु गर्न पहिरो हटाउने कार्य तीव्र रूपमा गरिरहेको जनाएको छ ।
प्रहरीका अनुसार, प्रभावित क्षेत्रका यात्रु र चालकलाई वैकल्पिक व्यवस्था मिलाउन प्रयास भइरहेको छ भने मौसम अनुकूल भएमा चाँडै सडक खुल्ने अपेक्षा गरिएको छ ।





