जुम्ला । जुम्ला बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विद्यार्थीका लागि हेल्पडेस्क सञ्चालनमा ल्याएको छ।

स्ववियु सभापति लोकेन्द्र बुढाका अनुसार भर्ना प्रक्रिया सहज बनाउन, विद्यार्थीले सामना गर्ने समस्या समाधान गर्न र प्रशासनसँग सोझै भन्न नसकिएका विषयमा सुनुवाइ गर्न हेल्पडेस्क स्थापना गरिएको बताए ।
उनले भने, “विद्यार्थीका साना,ठूला सबै समस्यामा स्ववियु सक्रिय रहनुपर्छ भन्ने सोचका साथ यो पहल गरिएको हो ।
यस्तै स्ववियु सचिव दत्त राज रावतका अनुसार,
शुक्रबार देखि सञ्चालनमा आएको हेल्पडेस्कमा विद्यार्थीहरूले समस्या राख्न थालेका छन्। ती गुनासो र मागहरू प्रशासनमा पुर्याई समाधान गर्न पहल भइरहेको उनले जानकारी दिए ।
रावतले भने, बिहान ७ बजेदेखि क्याम्पस सञ्चालन हुने समयसम्म हेल्पडेस्क खुला रहने बताएका छन् ।





