जुम्ला । नेपाल बिद्युत प्राधिकरण जुम्लाका कार्यालय प्रमुखकाे एक आदेशमा जुम्लाको डाडाकाेट गाउँ अन्धकार भएको छ ।
जुम्ला बजारकाे चन्दननाथ नगरपालिका ३ मा बिद्युत प्राधिकरणका कर्मचारी र डाडाकाेट गाउँका केही नागरिक बिच विवाद हुदा कार्यालय प्रमुखकै एक आदेशमा बिद्युत लाइन काटिएकाे हाे ।

आज दिउसाे नेपाल बिद्युत प्राधिकरणका कर्मचारी साे गाउँमा बिद्युत लाईन रिडङ्का लागि गाउँकाे गएकाे बेला गाउँकाे केही नागरिक सँग बिवाद हुदा बिद्युत लाईन काटिदा गाउँ अन्धकार भएको हाे ।
बिद्युतका कर्मचारी र डाडाकाेट गाउँका केही नागरिक बिच बिवाद हुदा प्राधिकरणकै हाकिमकाे आदेशमा बिद्युत लाईन काटिएको भन्ने डाडाकाेटका नागरिकले गुनासाे गरेका छन् । गाउँका केही व्यक्ति सँग विवाद हुदा पुरै बिद्युत लाइन काट्नु याे सरासर गाउँप्रति गर्ने ब्यवहार नराम्रो रहेकाे स्थानीय दिनेश सुनारकाे गुनासाे रहेकाे छ ।
बिद्युत नहुदा पुरै गाउँ अन्धकार भएको छ । रातिको समयमा भएकोले प्राधिकरणले बिद्युत लाईन काट्दा अन्धकार भएको उनकाे भनाई छ । जुम्ला बजार क्षेत्रका आसपासका झिलिमिलि छन् । डाडाकाेट गाउँ भने अन्धकार रहेकाेछ ।
एता नेपाल बिद्युत प्राधिकरणका एक कर्मचारीका अनुसार गाउँमा बिद्युतकाे लाइन रिडिङ् गर्न जाँदा गाउँकाे नागरिकले प्राधिकरणका कर्मचारी माथि हातपात गर्दा यस्ताे भएको बताए । उनले भने,” डाडाकाेट गाउँमा बढी चाेरी लाइन बाल्ने गरेकाफे पनि यस्ताे विवाद भएको उनकाे भनाइ छ । प्राधिकरणका कार्यालय प्रमुख राम आशिष् शाह सँग फाेन सम्पर्क गर्न खाेज्दा फाेन अफ रहेकाे छ ।





