जुम्ला । जुम्लाको चन्दननाथ माध्यमिक विद्यालयमा विद्यालय स्तरीय कृत्रिम अभ्यास कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाको आयोजना, स्वीस सरकारको आर्थिक सहयोग , बिद्यालय सुधार याेजना अन्तरगत गरिएको यस अभ्यास कार्यक्रमले विद्यार्थी, शिक्षक तथा समुदायलाई विपद् व्यवस्थापन र आकस्मिक उद्धारको व्यावहारिक ज्ञान दिने उद्देश्य राखिएको छ ।

कार्यक्रममा विद्यालयका सयौं विद्यार्थी, शिक्षक, स्थानीय प्रतिनिधि तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो । विपद् व्यवस्थापन सँग सम्बन्धित यस प्रकारको कृत्रिम अभ्यासले विद्यालयमा सुरक्षा संस्कृति विकास हुने अपेक्षा गरिएको नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा जुम्लाकि परियाेजना अधिकृत ईश्वरा सुवेदीले जानकारी दिइन् ।
उनका अनुसार, विद्यार्थीलाई मात्र होइन, सम्पूर्ण समुदायलाई सचेत गराउने गरी यो अभ्यास कार्यक्रम अघि बढाइए बताइन् । आकस्मिक दुर्घटना, प्राकृतिक विपद् वा अन्य संकटको अवस्थामा कसरी प्रतिक्रिया गर्ने भन्ने विषयमा व्यावहारिक तालिम दिइएको उनकाे भनाइ छ ।
स्वीस सरकारको आर्थिक सहयोगमा सम्पन्न यो कार्यक्रमले विद्यालयमा नयाँ ऊर्जा थपेको छ । यस्तै बिद्यालय प्रधानाध्यापक टंक बहादुर महतले यस्ताे खालकाे कार्यक्रमले बिद्यालयमा हुने बिपदका घटनाहरू न्युनिकरण हुने बताए ।
उनका अनुसार, बिद्यार्थी लाई भुकम्प बाट कसरी बच्न सकिन्छ र भुकम्प आएमा के गर्ने भन्ने बारे अभिनय मार्फत बिद्यार्थी लाई जानकारी गराएकाे प्रति आभार भएको प्रधानाध्यापक महतकाे भनाइ छ ।
कार्यक्रमका सहभागीहरूले यस प्रकारका अभ्यास नियमित रुपमा भएमा विपद् व्यवस्थापनमा ठूलो प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।





