🔹 १. ‘ग्लोबल पिस इन्डेक्स २०२५’ अनुसार नेपाल कति स्थानमा रहेको छ ?

उत्तर: ७६ औँ
सूचीको पहिलो स्थानमा आइसल्यान्ड रहेको छ।
सार्क सदस्य राष्ट्र भुटान २१ औँ स्थानमा छ।
🔹 २. विश्वकै सबैभन्दा ठूलो लामखुट्टे कारखाना कहाँ स्थापना गरिएको हो ?
उत्तर: ब्राजिल (सन् २०२५)
यस कारखानामा एडिस एजिप्टाई प्रजातिको लामखुट्टेमा वोल्बाचिया ब्याक्टेरिया संक्रमण गराइन्छ, जसले डेङ्गु भाइरस फैलिनबाट रोक्छ।
ब्राजिलमा सन् २०२४ को भीषण डेङ्गु प्रकोपपछि यो योजना सुरु गरिएको हो।
🔹 ३. एसियाको सबैभन्दा कान्छो राष्ट्र पूर्वी टिमोर आसियानको ११ औँ सदस्य कहिले बनेको हो ?
उत्तर: सन् २०२५ अक्टोबर २६
पूर्वी टिमोर (टिमोर–लेस्टे) सन् २००२ मे २० मा स्वतन्त्र राष्ट्र बनेको थियो।
आसियानको ४७ औँ शिखर सम्मेलन (अक्टोबर २६–२८, क्वालालम्पुर) बाट सदस्यता प्राप्त।
सम्मेलनको नारा : “समावेशिता र दिगोपन”
आसियानको १० औँ सदस्य : कम्बोडिया (सन् १९९९)
🔹 ४. त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको गुरुयोजना कहिले स्वीकृत भयो ?
उत्तर: विसं २०८२ असोज ३०
मन्त्रीपरिषद्को निर्णयअनुसार गुरुयोजना स्वीकृत।
कुल लागत अनुमान : रु. १० अर्ब
🔹 ५. अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत हुन सफल नेपाली प्रविधि कम्पनी कुन हो ?
उत्तर: फ्युजमेसिन्स इन्क (सन् २०२५ अक्टोबर)
एआई क्षेत्रमा काम गर्ने यो कम्पनी नास्डाकमा सूचीकृत।
संस्थापक : समीर मास्के (सन् २०१३, अमेरिका)
कम्पनीका शाखा : नेपाल, क्यानडा, डोमिनिकन रिपब्लिक आदि
🔹 ६. ‘एफएटीएफ’ (Financial Action Task Force) को मूल्याङ्कन अनुसार नेपालको अवस्था के छ ?
उत्तर: ‘ग्रे लिस्ट’ (निगरानी सूची) मा कायम
सन् २०२५ अक्टोबर २४ को चौथो पूर्ण बैठकपछि यस सूचीमा रहन पुष्टि।
🔹 ७. नयाँ पर्यटकीय गन्तव्य ‘ब्रह्मस्थान’ कहाँ अवस्थित छ ?
उत्तर: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)
मध्यविन्दु नगरपालिका–३ मा अवस्थित यो स्थानबाट नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज र सूर्यास्तको सुन्दर दृश्य देख्न सकिन्छ।
🔹 ८. ‘बेस्ट क्यासिनो इन साउथ एसिया २०२५’ अवार्डबाट सम्मानित क्यासिनो कुन हो ?
उत्तर: क्यासिनो माजोङ (सोल्टी होटल परिसर)
पाँचौँ पटक यो अवार्ड प्राप्त।
🔹 ९. ‘ग्वंगः सिरपाः सम्मान’ २०८२ कसलाई प्रदान गरियो ?
उत्तर: ध्रुव मधिकर्मी र लक्ष्मणप्रसाद गौतम
पुरस्कार राशि : जनही रु. ५०,००५।
🔹 १०. ‘ग्लोबल फाइनान्स म्यागाजिन’को बेस्ट बैंक अवार्ड २०२५ प्राप्त गर्ने नेपाली बैंक ?
उत्तर: ग्लोबल आइएमई बैंक लि.**
लगातार दोस्रो वर्ष यो अवार्ड प्राप्त।
🔹 ११. हाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा बढी शान्ति सैनिक पठाउने देश ?
उत्तर: नेपाल (सन् २०२५)
जम्मा ५,८१९ जना, जसमा ५३८ महिला सुरक्षाकर्मी।
🔹 १२. ‘जेनजी आन्दोलन’ पछि सत्ता परिवर्तन भएको अफ्रिकी मुलुक कुन हो ?
उत्तर: माडागास्कर
सन् २०२५ सेप्टेम्बर २५ देखि सुरु आन्दोलनपछि सेनाको क्यापसाट युनिटले राष्ट्रपति एन्ड्री रजोएलिनालाई पदच्युत गर्यो।
🔹 १३. नेपाल तेस्रो पटक टी–२० विश्वकपका लागि कहिले छनोट भयो ?
उत्तर: सन् २०२५ अक्टोबर १५
सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने विश्वकपमा सहभागी हुने।
अघिल्ला सहभागिता :
सन् २०१४ — पहिलो पटक
सन् २०२४ — दोस्रो पटक
🔹 १४. अर्थ मन्त्रालयको प्रतिवेदन अनुसार नेपालको अर्थतन्त्रको आकार कति छ ?
उत्तर: रु. ६१ खर्ब ७ अर्ब २२ करोड
आर्थिक वृद्धिदर : ४.६१%
🔹 १५. जेनजी आन्दोलनपछि अन्तरिम सरकार कहिले गठन भयो ?
उत्तर: विसं २०८२ भदौ २७
प्रधानमन्त्री: पूर्वप्रधान न्यायाधीश सुशीला कार्की
मन्त्रिपरिषद् विस्तार :
पहिलो पटक — भदौ ३०
दोस्रो पटक — असोज ६
तेस्रो पटक — कार्तिक ९
🔹 १६. दैलेखको जलजले क्षेत्रमा कति वर्ष पुग्ने ग्यास भण्डार रहेको छ ?
उत्तर: करिब ५० वर्ष
अनुसन्धान प्रारम्भ : विसं २०८० वैशाख
प्रारम्भिक रिपोर्ट : विसं २०८२ असार
🔹 १७. नेपालमा सबैभन्दा अग्लो ‘हाइलाइन’ अभ्यास कहाँ गरियो ?
उत्तर: कालीगण्डकी खोँच (कुस्मा–बलेवा बीच)
आयोजनाः दी क्लिफ र नेपाल स्ल्याकलाइन कम्युनिटी
मिति : विसं २०८२ असोज २९–कात्तिक १
नेपालमा पहिलो पटक यति उचाइमा हाइलाइन अभ्यास गरिएको।
🔹 १८. आइसिसी पुरुष टी–२० विश्वकप (एसिया तथा इस्ट एसिया–प्यासिफिक) छनोटको उपाधि विजेता ?
उत्तर: नेपाल
सन् २०२५ अक्टोबर, ओमानको अल अमेरात क्रिकेट मैदानमा आयोजित प्रतियोगितामा ९ टोलीमध्ये शीर्ष स्थान।
सात वर्षपछि आइसिसीको उपाधि जितेको (अघिल्लो पटक सन् २०१८)।
🔹 १९. हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजनाको क्षमता कति छ ?
उत्तर: ३३५ मेगावाट
स्थान : हुम्लाको खार्पुनाथ र सर्केगाड गाउँपालिका
प्रतिमेगावाट लागत : रु. २१ करोड ७६ लाख
कुल लागत अनुमान : रु. ७२ अर्ब ९० करोड ८० लाख
स्रोत :- गोरखापत्र





