मुगु । मुगुमा लगातारको वर्षापछि आएको पहिरोका कारण नाग्मा–गमगढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

मुगुको छायाँनाथ रारा नगरपालिका–८ स्थित झ्यारी खोलामा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको सडक डिभिजन जुम्लाका सुपरभाइजर मल्लले जानकारी दिनुभएको छ।
सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ जाँदै गरेका यात्रुवाहक तथा मालवाहक सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् भने यात्रुले सास्ती व्यहोर्नुपरेको उहाँले बताउनुभयो छ र जुम्ला सर डिभिजनको कार्यालय बिहानबाट लगातार मेसिन लगाएर बाटो खुल्ने काम अगाडि बढाइएको छ भनी जानकारी दिनुभएको छ
पहिरो हटाउन प्रारम्भमा सानो जेसीपी प्रयोग गर्ने प्रयास गरिए पनि ठूलो परिमाणमा ढुङ्गामाटो खसेकाले सम्भव भएको सडक डिभिजन कार्यालयका सुपरभाइजर जग्गी मल्लले जानकारी दिनुभएको छ।
मल्लका अनुसार मौसमले साथ दिएमा सडक सञ्चालनमा आउन अझै दुईदेखि तीन दिन लाग्ने अनुमान गरिएको छ।सडक अवरुद्ध भएसँगै मुगु आवतजावत गर्ने यात्रु तथा दर्जनौँ सवारीसाधन प्रभावित भएका छन्।
सडक डिभिजनको टोली निरन्तर लागिरहेको सुपरभाइजर मल्लको भनाइ छ।





