१. संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको दिगो विकास लक्ष्यका १७ युवा नेता (सन् २०२५ का लागि) मा पर्न सफल नेपाली अभियन्ता को हुन् ?

उत्तर: ऐश्वर्या श्रेष्ठ
श्रेष्ठले नेपाली युवाको नेतृत्व र योगदानलाई विश्व मञ्चमा प्रतिनिधित्व गर्ने अवसर पाएकी छन्।
सामाजिक कार्यकर्ता तथा अनुसन्धानकर्ता, ‘हर्ट अफ नेपाल’ र ‘अन्तरध्वनि नेपाल’ की सह–संस्थापक।
संयुक्त राष्ट्रसङ्घ युवा कार्यालयमार्फत पहिलो पटक यो सूची सार्वजनिक।
संयुक्त राष्ट्रसङ्घले हरेक दुई वर्षमा असाधारण युवा परिवर्तनकर्तालाई ‘Young Leaders for the SDGs’ को रूपमा सम्मान गर्दै आएको छ।
२. संयुक्त राष्ट्रसङ्घ दिवस कहिले मनाइन्छ ?
उत्तर: अक्टोबर २४
सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसङ्घ स्थापना भएको स्मरणमा हरेक वर्ष यो दिवस मनाइन्छ।
३. जेनजी पुस्ताद्वारा २०८२ भदौ २३–२४ मा भएको आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सरकारले सहिद घोषणा गर्ने निर्णय कहिले गरेको हो ?
उत्तर: २०८२ कात्तिक १७
सुशासन, राष्ट्रहित र भ्रष्टाचार नियन्त्रणको माग राखी भएको प्रदर्शनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा।
४. कार्यसम्पादन मूल्याङ्कन (आर्थिक वर्ष २०८१/८२) मा देशभरिकै उत्कृष्ट कार्यालय बन्न सफल जिल्ला प्रशासन कार्यालय कुन हो ?
उत्तर: पर्वत जिल्ला प्रशासन कार्यालय
अंक: ९५.७१ (एक सय पूर्णाङ्कमा)
दोस्रो: भक्तपुर, तेस्रो: नुवाकोट, चौथो: मनाङ, पाँचौँ: धनकुटा
न्यूनतम अंक: पाँचथर (७३.८२)
५. विसं २०८२ वैशाख शुक्ल पूर्णिमाका दिन कति औँ बुद्धजयन्ती मनाइयो ?
उत्तर: २५६९ औँ
६. सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरूको सम्मेलन हालै कहाँ सम्पन्न भयो ?
उत्तर: हेटौँडा
मिति: २०८२ कात्तिक १५
७. ‘सामाजिक विकासका लागि दोस्रो विश्व सिखर सम्मेलन’ मा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल कहिले कतार प्रस्थान गर्नुभएको हो ?
उत्तर: २०८२ कात्तिक १७
सम्मेलन: सन् २०२५ नोभेम्बर ४–६, दोहा, कतार
पहिलो सम्मेलन: सन् १९९५, कोपनहेगन (डेनमार्क)
८. अमेरिकाको वासिङ्टन डिसीमा अनेसासद्वारा आयोजित ११७औँ देवकोटा जयन्तीमा सर्वोत्कृष्ट पुस्तक पुरस्कार, २०२५ बाट सम्मानित स्रष्टा को हुन् ?
उत्तर: रोसन थापा निरव
कृति: सन्त्रासका साठी दिन
कार्यक्रम: सन् २०२५ नोभेम्बर, वासिङ्टन डिसी
९. स्मार्ट सहरी योजना र विकाससम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो ?
उत्तर: २०८२ कात्तिक १६–१७
काठमाडौँ घोषणापत्र जारी।
१०. सरकारले राष्ट्रिय सभामा रिक्त सदस्य पूर्तिका लागि निर्वाचन कहिले गर्ने निर्णय गरेको छ ?
उत्तर: २०८२ माघ ११
निर्णय मिति: २०८२ कात्तिक १२ (मन्त्रीपरिषद् बैठक)।
११. “मेरो अभिव्यक्ति स्वतन्त्रताको अधिकार भनेको तिमीले जे सुन्न चाहन्नौ, त्यो भन्न पाउनु हो।” भन्ने विद्वान् को हुन् ?
उत्तर: जर्ज अर्वेल
१२. सरकारले विभिन्न ६ सेवा क्षेत्रलाई राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा जोड्ने निर्णय कहिले गरेको हो ?
उत्तर: २०८२ कात्तिक १२
१३. अमेरिका–चीन व्यापार युद्ध रोक्ने सम्बन्धमा सहमति कहिले कायम भएको हो ?
उत्तर: सन् २०२५ अक्टोबर ३०
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सहमति।
एसिया–प्रशान्त आर्थिक सहयोग (APEC) सम्मेलन, दक्षिण कोरिया।
एक वर्षका लागि व्यापार युद्ध रोक्ने सहमति।
१४. जापानको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री बन्न सफल नेतृ को हुन् ?
उत्तर: सानाई ताकाइची
अध्यक्ष: लिबरल डेमोक्रेटिक पार्टी
निर्वाचन मिति: सन् २०२५ अक्टोबर २१
१५. सगरमाथाको उत्तरी मोहडामा रहेको हर्नविन कुलोयरमा स्की गरी कीर्तिमान कायम गर्ने पर्वतारोही को हुन् ?
उत्तर: जिम मोरिसन (अमेरिकी पर्वतारोही, सन् २०२५ अक्टोबर)
१६. नेपाल सरकारले हरेक वर्ष कुन मितिमा वार्षिक बजेट सङ्घीय संसद्मा प्रस्तुत गर्ने संवैधानिक प्रावधान छ ?
उत्तर: जेठ १५ गते
१७. हाल नेपालसँग दोहोरो करमुक्ति सम्झौता भएका मुलुक कति रहेका छन् ?
उत्तर: १०
नेपाल–मौरिसस सम्झौता (सन् १९९९ अगस्त ३) सन् २०२५ अक्टोबर २९ मा रद्द।
यसअघि संख्या ११ थियो।
१८. संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा चयन भएका नयाँ अस्थायी राष्ट्र कुन–कुन हुन् ?
उत्तर: बहराइन, कङ्गो, लाइबेरिया, कोलम्बिया र लाटभिया
कार्यकाल: सन् २०२६ जनवरी १ देखि सन् २०२७ डिसेम्बर ३१ सम्म।
१९. विश्व खाद्य दिवस कहिले मनाइन्छ ?
उत्तर: अक्टोबर १६
सन् २०२५ (४५औँ) को नारा: “स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो।”
स्रोत :- गोरखापत्र





