हुम्लाको अदानचुली गाउपालिका स्थित छत्रपाल आधारभुत बिद्यालयमा आगालागी भएको छ । अदानचुली गाउपालिकाको वडा नम्बर ३ मा रहेको सो बिद्यालयमा बुधाबार राती ८ बजेबाट माथिल्लो तलाको तल पट्टीको झ्यालबाट आगालागी सुरु भएको हो ।

अगालागी भएको बिद्यालयको २ तले दुई कोठे भवन पुर्ण रुपमा जलेर नष्ट भएको छ । बिद्यालयको मुल गेटमा रहेको भवनमा अफिस कोठा समेत माथिल्लो तलामा रहेको थियो । अगालागी भने भवन पुर्ण रुपमा जलेर नियन्त्रणमा आएको छ ।
अफिस कोठामा रहेको भवनमा आगालागी हुदा बिद्यायमा रहेका सम्पुर्ण दस्तावेज जलेर नष्ट भएका छन। अफिस कोठामा भएको सोलार १ सेट, २ थान ल्यापटप, २ डेसटप, ४ दराज, ४ वटा साेफासेट, २० वटा पलास्टिक कुर्चि, १ रिङ कुर्चि, ३ वटा मादल, हार्माेनियम, क्यासियाे, ड्रम सेट, १२सेट डेस्क बेन्च, २ वटा पृन्टर बुक कर्नर, २०५२ साल देखीका डकुमेन्ट, कलाकाराका २० सेट ड्रेस, ३ वटा सिल्ड, २५० कचाैरा, कार्पेट, पर्दा, ह्वाइट बार्ड, समेत नष्ट भएको शिक्षक नन्द फडेराले बताउनुभयो। उअहाले बिद्यालयको अफिस कोठामा आगालागी भएकाले २ करोड बढिको क्षती भएको छ ।
आगो बाल्ने घर समेत बिद्यालय नजिक नरहेकाले अग्यात समुहले नियोजित तवरले आगालागी गरेको हुनसक्ने आसका गरिएको छ । आगालागी भएको समयमा अफिस कोठाको ढोकाको ताल्चा समेत नलगाइ ह्याण्डिल मात्र लागेको बिद्यालयक शिक्षक जमानसिह परियारले बताउनुभयो । बिद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययन हुने गरेको छ ।





