हाम्रा पारम्परिक चाडपर्वहरू आम रूपमा यहाँको हावापानी सुहाउँदा छन् । हावापानीको तात्पर्य प्रकृति हो । ऐतिहासिक जयन्ति-जात्राहरूबाहेक सांस्कृतिक पर्वहरू प्रकृतिलक्षित वा प्रकृति निर्देशित छन ।
हाम्रा पर्वहरुले सबै प्रकारका ॠतुहतुको ख्याल गरेका छन । प्रकृतिलाई देबदेबी मान्ने हाम्रो सस्कृती मौसम सुहाउँदा छन । ‘प्रकृतिले मानिस बनायो, मानिसले सस्कृती बनायो , यो कुरा सहि हो । तर मानिसले सस्कृती बनाउदा पनि प्रकृतिका बिशेष्ता भन्दा बाहिर गएर र चुनौति दिएर नभई यसलाई आत्सात गरेर नै बनाएको देखिन्छ ।
अरु सबै पर्वलाई छोडेर दसैलाई मात्र लिएर भन्ने हो भने पनि संस्कृतिको प्रकृति बुझ्न सकिन्छ । पर्वहरू मानिसको हितमा छन् । यिनीहरूलाई अहिलेका हामीजस्ता मानिसले पनि मानिसकै हितमा लक्षित गरेर पर्वहरू मनाउन सक्नुपर्दछ । प्रकृक्तिको रक्षा र मानवजातिको सर्वोत्तम हितको ख्याल गरेर पर्वहरूको परिष्कार गर्नु आवश्यक हुन्छ ।
हामी नेपालीहरूले भर्खरै दसैं मनायौं । दसै मनाइरहँदा नेपाली समाजमा पशुहत्या, पशुबलि, रक्तवलि निकै चर्चामा पनि रह्यो । बलिलाई अधिकांशले ‘हिन्दुधर्म’ सँग जोडेर आलोचना गरे । कसैले यसलाई परम्परा भनेर समर्थन र विरोध दवै गरे । तर बलिप्रथा ‘हिन्दूधर्म’ को समग्रता होइन, ‘हिन्दधर्म’ भित्रका सबै धर्महरू पश्वलिका पक्षमा छैनन् मात्र होइन, घोर विरोधी पनि छन् भन्ने कुरा आफूलाई बुद्धिजीवी ठान्ने सबै नेपालीले बझेका रहेनछन भन्ने पनि देखियो । हिन्दुका देवीहरू सरस्वती लक्ष्मी, शैलीपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, कात्यायनी, स्कन्दमाता… आदिमा बलिको कुनै प्रावधान नै नभएको तर्फ ध्यान नपुगेको देखियो ।

नवरात्रीका नौवटी देवीहरूको समूहका ‘नवदुर्गा’ मध्ये आठौ देवी ‘कालरात्री’ बाहेक कसैलाई पनि बलि दिने प्रावधान कतै देखिदैन । ‘हिन्दुधर्म’ का मुख्य देवहरू ब्रह्मा, बिष्णु , शिव, गणेश , सुर्य आदिलाई पनि रक्तबलिको प्रावधान कतै छैन । यस्तो किन होला भन्ने तिर ध्याननै नदिई अनावश्यक टिप्पणी गरेर सनातन संस्कृति, सनातन धर्म, सनातन परम्पराको खिल्ली उडाउने काम भयो ।
इस्लाम, क्रिश्चियन आदि धर्ममा प्रचलित बलिप्रथाबारे सामान्य जानकारी समेत नराखेको देखियो । मासु खाने र बलि दिने कुरालाई एकै ठाउँमा राखेर बोलेको पनि सुनियो । खाने कुरा खाद्य चेतनासँग सम्बन्धित हो । मासु खाने र नखाने दुवैका विषयमा स्वास्थ्य विज्ञानमा धेरै कुरा उल्लेख छ । खानै नहुने अवस्था र खानैपर्ने वा त्यसका विकल्पमा अन्य कुनै वस्तु खाने विषय स्वास्थ्य विज्ञानमा पढ्न पाइन्छ, बुभन सकिन्छ । बलि भनेको परम्पराको नाममा चलिआएको अन्धविश्वास हो । मासु खाने कुरालाई बलिसँग जोड्न हुँदैन । तर मासु खाने कुराको वकालत र पशुहत्याको विरोधको करा सुहाउने कुरा होइन । चाहे खानका लागि होस् वा देवीदेउता खसी पार्न हत्या त हत्या नै हो ।
मानिस केमा स्पष्ट हुनपर्यो भने विरोध पशुहत्याको हो कि पशुवलिको ? पशु अधिकारको कुरा हो भने मासु खान भएन, बलिप्रथाको विरोध हो भने कनै धर्म विशेषलाई दोष लगाउन भएन । ………..
पुस्तक :- आस्था र सस्कृती
लेखक : घनश्याम कोइराला





