१. युनेस्कोले ‘संगीतको सिर्जनात्मक सहर’ को रूपमा घोषित नेपालकाे सहर
उत्तर : ललितपुर महानगरपालिका

- सन् २०२५ अक्टोबर ३१ (विश्व सहर दिवस) मा घोषणा
- ‘युनेस्को सिर्जनात्मक सहर सञ्जाल’ — सुरु : सन् २००४
- हाल १०० देशका ४०८ सहर सदस्य
- ललितपुर ‘विश्व कला परिषद्’ द्वारा ३५औँ कला नगरी समेत
२. नेपाल प्रहरीको महानिरीक्षक (IGP) नियुक्त
उत्तर : दानबहादुर कार्की
- मन्त्रीपरिषद् बैठक : २०८२ कात्तिक २४
- कार्यभार ग्रहण : कात्तिक २७
- एआईजीमा बढुवा : २०८२ वैशाख १५
३. भारत–अमेरिका १० वर्षे रक्षा सम्झौता
उत्तर : सन् २०२५ अक्टोबर ३१
- स्थान : क्वालालम्पुर
- हस्ताक्षर : राजनाथ सिंह (भारत) र पिट हेगसेथ (अमेरिका)
- उद्देश्य : रणनीतिक सहकार्य, सूचना आदानप्रदान, प्रविधिक सहयोग विस्तार
४. १३औँ आइसिसी महिला एकदिवसीय क्रिकेट विश्वकप विजेता
उत्तर : भारत
- उपविजेता : दक्षिण अफ्रिका
- आयोजक : भारत र श्रीलङ्का
- मिति : सेप्टेम्बर ३० – नोभेम्बर २, २०२५
- सहभागी : ८ टोली
५. जलवायु परिवर्तन (COP–30) सम्मेलन
उत्तर : बेलेम, ब्राजिल
- मिति : सन् २०२५ नोभेम्बर १०–२१
- नेपाल प्रतिनिधित्व : मन्त्री डा. मदनप्रसाद परियार
६. १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति
उत्तर : २०८२ फागुन १–७ (कर्णाली प्रदेश)
७. आङ फुर्बा शेर्पाको निधन (पहिलो सगरमाथा आरोहण दल सदस्य)
उत्तर : २०८२ असोज ३० (उमेर ९२ वर्ष)
८. थाइल्यान्ड–कम्बोडिया विस्तारित युद्धविराम सम्झौता
उत्तर : सन् २०२५ अक्टोबर २६
९. विश्व दृष्टि दिवस
उत्तर : अक्टोबर महिनाको दोस्रो बिहीबार
- सन् २०२५ नारा : ‘आँखालाई माया गरौँ’
१०. काभा U–19 महिला भलिबल च्याम्पियनसिप विजेता
उत्तर : किर्गिस्तान
- उपविजेता : नेपाल
- स्थान : श्रीलङ्का
- मिति : नोभेम्बर ४–९, २०२५
११. १० वामपन्थी पार्टीहरूको एकता घोषणा
उत्तर : २०८२ कात्तिक १९ (भृकुटीमण्डप)
- नयाँ पार्टी : नेपाली कम्युनिस्ट पार्टी
- संयोजक : पुष्पकमल दाहाल ‘प्रचण्ड’
- सह–संयोजक : माधवकुमार नेपाल
- चुनाव चिह्न : पाँचकुने तारा
१२. BBNJ (VIVIENJ) सम्झौतामा नेपालद्वारा हस्ताक्षर
उत्तर : २०८० असोज ३ (सन् २०२३ सेप्टेम्बर २०)
१३. दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजना क्षमता
उत्तर : ६७० मेगावाट
१४. ‘राष्ट्र–परराष्ट्र’ कृतिका सर्जक
उत्तर : डा. भेषबहादुर थापा
१५. अनेसास डायस्पोरा वाङ्मय पुरस्कार २०२५
सम्मानित : डा. तुलसी आचार्य (कृति : ‘स्वप्नभूमि’)
थप प्रमुख पुरस्कारहरू :
- सर्वोत्कृष्ट पुस्तक : रोसन थापा निरव (सन्त्रासका साठी दिन)
- लोकसाहित्य पुरस्कार : शशीराम कार्की (रुकुमका लोककथा)
- निबन्ध–यात्रा : मोमिला (प्रश्नहरू बाँकी छन्)
- सांस्कृतिक अध्ययन : डा. दुर्गाबहादुर घर्ती
- डायस्पोरा काव्य : कवि जगन्नाथ पौडेल (बग्दाबग्दै)
- राष्ट्रकवि काव्य : कृशु क्षेत्री (पसिनाको क्यानभास)
- उत्कृष्ट कथा : कृष्ण कुसुम (पाश्र्व धुन)
- उत्कृष्ट उपन्यास : अखण्ड भण्डारी (बोरा)
- गीत–गजल : लक्ष्मण सिटौला (धर्तीको ध्वनि)
- बालसाहित्य : विमला निरौला (यात्रामा देश)
१६. राष्ट्रिय सभाको रिक्त पदपूर्ति निर्वाचन मिति
उत्तर : २०८२ माघ ११
१७. मातृ मृत्युदर — राष्ट्रिय जनगणना २०७८
उत्तर : १५१ (प्रति लाखमा)
- उच्च : लुम्बिनी प्रदेश
- न्यून : बागमती प्रदेश
१८. मिटरब्याज अपराध कायम गर्ने कानुन लागू मिति
उत्तर : २०८० वैशाख २०
१९. तामाङ मिनी सङ्ग्रहालय
स्थान : दोलखा
२०. सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सम्मेलन
उत्तर : २०८२ कात्तिक १५ (हेटौँडा)
- ‘हेटौँडा घोषणापत्र’ जारी
- संघीयता अन्तर्गत वित्तीय समानीकरण, अनुदान पारदर्शीकरण, स्थायी ‘प्रदेश आर्थिक मामिला परिषद्’ गठन निर्णय
स्रोत :- गोरखापत्र





