१. जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–३०) कहिले र कहाँ सम्पन्न भएको हो ?
उत्तर: सन् २०२५ नोभेम्बर १०–२१, ब्राजिलको बेलेम

मुख्य एजेन्डा : जीवाश्म इन्धन विस्थापन, वन/समुद्र/जैविक विविधता संरक्षण, कृषि–खाद्य रूपान्तरण, मानव पक्षपोषण–सामाजिक विकास, प्रविधि–क्षमता अभिवृद्धि, १.५°C लक्ष्य
नेपाली टोली : कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियार
नेपालका एजेन्डा : जलवायु वित्त, पर्वतीय मुद्दा, हानी–नोक्सानी, धारा ६ सम्बन्धी विषय
उपलब्धि : जलवायु सहनशीलता, स्वच्छ ऊर्जा, न्यायोचित रूपान्तरणमा सहमति
- COP1 : १९९५, बर्लिन
- COP29 : २०२४, बाकु
- COP31 : २०२६, एडिलेड
- COP30 पूर्व नेपालले ‘लिडर समिट’ (कात्तिक २०–२१) आयोजना गर्यो।
२. जी–२० शिखर सम्मेलन २०२५ कहाँ सम्पन्न भएको हो ?
उत्तर: दक्षिण अफ्रिका
मिति : नोभेम्बर २२–२३, २०२५
विशेषता : अफ्रिकामा पहिलोपटक G–20 सम्मेलन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बहिष्कार
घोषणापत्र : जलवायु, ऊर्जा, ऋण स्थिरता, खनिज सम्झौता
‘न्यायपूर्ण शान्ति’—युक्रेन, कङ्गो, सुडान, प्यालेस्टाइनबारे संयुक्त आह्वान
३. सरकारले मुख्य सचिवमा कसलाई नियुक्त गर्यो ?
उत्तर: सुमनराज अर्याल (२९औँ मुख्य सचिव)
लागू : मङ्सिर १०, २०८२
एकनारायण अर्याल ५८ वर्षे उमेरहदपछि अवकाश
४. सरकारले कुन निकाय अन्तर्गत राष्ट्रिय अनुसन्धान तथा विकास परिषद् स्थापना गर्ने निर्णय गरेको छ ?
उत्तर: राष्ट्रिय योजना आयोग
५. विश्व शौचालय दिवस कहिले मनाइन्छ ?
उत्तर: नोभेम्बर १९
२०२५ नारा : Sanitation in a Changing World
नेपाल : २०७६ असोज १३ – खुला दिशामुक्त (ODF) देश
पहिलो ODF जिल्ला : कास्की
७७औँ जिल्ला : भोजपुर
६. कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिका सेवी सम्मान–२०८२ कसलाई प्रदान गरियो ?
उत्तर: विजय यादव ‘निर्बिज’
कृति : ‘प्रतिमा’ बज्जिका भाषाको पहिलो उपन्यास
७. बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
उत्तर: ४३२ मेगावाट
लागत : रु. ९३ अर्ब ४० करोड ७६ लाख
अन्य परियोजना निर्णय :
-
- तल्लो अरुण – ६६२ MW
- अरुण तेस्रो – ९०० MW
- पश्चिम सेती – ८०० MW (सर्वेक्षण म्याद थप)
८. एभोकाडोको राजधानीका रूपमा घोषणा गरिएको स्थान कुन हो ?
उत्तर: धनकुटा (२०७५)
९. नोबेल पुरस्कारबाट सम्मानित हुने संयुक्त राष्ट्रसङ्घका महासचिव को हुन् ?
उत्तर: कोफी अन्नान र ड्याग ह्यामरसोल्ड
१०. राष्ट्रिय कफी दिवस कहिले मनाइन्छ ?
उत्तर: मङ्सिर १
२०८२ नारा : कफी खेती गरौँ, स्वरोजगार बनौँ
सुरु : २०६२
विश्व कफी दिवस : अक्टोबर १
कफी तत्व : क्याफिन
कफीको घर : इथियोपिया
नेपालमा प्रख्यात जिल्ला : गुल्मी
विश्व उत्पादकमा पहिलो : ब्राजिल
११. हाल देशका कति स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ ?
उत्तर: ७५३ स्थानीय तह सबैमा
१२. विश्व बैंकद्वारा सन् २०२५ अप्रिलमा प्रकाशित प्रतिवेदन अनुसार सन् २०२५ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
उत्तर: ५.८%
सन् २०२६ : ६.१%
१३. प्रथम दृष्टिविहीन महिला टी–२० विश्वकप प्रतियोगितामा नेपालले कुन स्थान हासिल ग¥यो ?
उत्तर: दोस्रो (उपविजेता)
- विजेता : भारत
- आयोजक : भारत–श्रीलंका
- मिति : नोभेम्बर ११–२३, २०२५
- विशेष : विनिता पुन — पाकिस्तानविरुद्ध १०७ रन
१४. ‘पर्यटनका लागि साहित्य : गोरखापत्र साहित्य सम्मेलन’ कहिले र कहाँ सम्पन्न भएको हो ?
उत्तर: मङ्सिर ५–६, २०८२, शैलुङ (दोलखा)
१५. ९८ औँ ओस्कार अवार्ड, २०२६ का लागि नेपालबाट चयन भएको चलचित्र कुन हो ?
उत्तर: एञ्जिला
- निर्देशक : मिलन चाम्स
- आधारित : फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनकथा
- समारोह : मार्च १५, २०२६
१६. नेपाल सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति २०८२ कहिले स्वीकृत गरेको हो ?
उत्तर: साउन २६, २०८२
१७. युइएफए वुमन्स् युरो २०२५ को उपाधि कसले जित्यो ?
उत्तर: इङ्ग्ल्यान्ड
उपविजेता : स्पेन
१८. आव २०८१/८२ को बजेटमा सबैभन्दा बढी खर्च गर्ने प्रदेश कुन हो ?
उत्तर: कोशी प्रदेश (७७.२६%)
१९. मिस युनिभर्स २०२५ को उपाधि चुम्ने सुन्दरी को हुन् ?
उत्तर: फतिमा बोस (मेक्सिको)
फर्स्ट रनरअप : प्रविनर सिंह (थाइल्यान्ड)
सेकेन्ड रनरअप : स्टेफेनी अवसली (भेनेजुएला)
थर्ड रनरअप : आतिसा मानालो (फिलिपिन्स)
फोर्थ रनरअप : ओलिभिया यासे (आइभोरी कोस्ट)
२०. पहलमान सिंह स्वाँर नेपाल–भारत अन्तर्राष्ट्रिय साहित्य सम्मेलन तथा दोस्रो प्रादेशिक कविता महोत्सव २०८२ कहिले सम्पन्न भएको हो ?
उत्तर: जेठ २४–२५, २०८२, धनगढी (कैलाली)
२०. रुस र युक्रेनबिचको युद्ध अन्त्य गर्नेसम्बन्धी २८ बुँदे शान्ति योजनाको मसौदा कहिले सार्वजनिक गरियो ?
उत्तर: सन् २०२५ नोभेम्बर
मुख्य बुँदा :
रुस G–8 मा फर्काइने
प्रतिबन्ध हटाइने
नेटो विस्तार रोक्ने
युक्रेन–रुस विवाद क्षेत्रको व्यवस्थापन
युद्धविराम तथा सेना फिर्ता व्यवस्था
स्रोत :- गोरखापत्र





