जुम्ला । जुम्लाको सिंजा गाउँपालिका–२ चुलेल गाउँमा भिरबाट लडेर चार महिनाको नाबालकको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन ।

२४ वर्षीया उर्जा वड दाउरा काट्न घर नजिकैको धोराचौर जंगल गएका बेला साथमा रहेका छोरा चन्द्रमल वड सहित भिरबाट लडेकी थिइन । बुधबार दिउँसो करिब १ बजे भएको उक्त दुर्घटनामा नाबालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
डिएसपी रविन बाबू रेग्मीका अनुसार दाउरा संकलनका क्रममा सन्तुलन गुमाउँदै आमा छोरा दुवै जना करिब १ बजे भिर बाट खसेका थिए । “बच्चाको घटनास्थलमै मृत्यु भएको छ । आमाको अवस्था गम्भीर छ,” उनले बताए।
गम्भीर घाइते उर्जा वडलाई तत्कालै स्थानीय अनुरुपा वडको सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पुर्याइएको जनाइएको छ। उपचाररत उर्जाको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।





